बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

महेन्द्रनगर : पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । बुधधार राति दिल्लीबाट काठमाण्डौका लागि आइरहेको बा ४ ख २३८९ नम्बरको बसको ठक्करबाट एक जनाको ज्यान गएको हो । महाकाली नगरपालिका ३ दार्चुला घर भई महेन्द्रनगर आफन्तको घरमा आएका ५० वर्षीय बिरसिंह महराको ज्यान गएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका ५ वनखेतस्थित बालजागृती कलेज नजिकै बाटो काट्ने क्रममा बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयको सञ्चार कक्षले जानकारी दिएको छ । बसको ठक्करबाट महराको घट्नास्थलमै ज्यान गएको हो । उनको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । दिल्लीबाट काठमाण्डौ जान हिडेका यात्रुहरुलाई भने अर्का सवारी साधनको व्यवस्था गरेर पठाइएको प्रहरीले जनाएको छ ।

महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा सर्वसाधारण र सवारी साधनको समेत आवागमन धेरै हुने भएकाले यो सडकखण्डमा धेरै दुर्घटना हुने गरेका छन् । केही साता अघि समेत एक भारतीय नम्बरको जिपको ठक्करबाट एक स्थानीयको समेत ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.