परराष्ट्र सचिवले हटाए रातो प्लेट

परराष्ट्र सचिवले हटाए रातो प्लेट

काठमाडौ : परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले रातो प्लेट हटाएर सेतो प्लेटको गाडी चढ्न थालेका छन् ।

विभिन्न सञ्चार माध्यममा सचिवहरुले नै रातो प्लेट प्रयोग गरी सरकारी गाडीको व्यापक दुरुपयोग गर्न थालेको समाचार आएपछि परराष्ट्र मन्त्रालयका सचिव वैरागीले सेतो प्लेटको गाडी चढ्न थालेका हुन् ।

सरकारले सचिवहरुका लागि रातो प्लेटको गाडी चढ्न छुट दिएपनि आफूले सेतो प्लेटकै गाडी चढिरहेको सचिव वैरागीले जानकारी दिए । सचिव वैरागीले आफूले रातो प्लेट बनाउन गृह मन्त्रालयमा कहिल्यै पनि कुनै दवाव नदिएको बताए । सचिव वैरागीले हाल बा २ झ २०७७ नम्वरको सरकारी सेतो प्लेटको गाडी प्रयोग गर्न थालेका छन् ।

सरकारी कर्मचारीहरुले राज्यले दिएको सेतो प्लेटकै प्रयोग गर्नुपर्ने सिद्धान्त प्रति आफू कटिवद्ध रही सेतो प्लेटको गाडी चढ्न थालेको उनले अन्नपुर्णलाई जानकारी दिए । परराष्ट्र सचिव वैरागीले सेतो प्लेटको गाडी चड्न थालेपनि सरकारका अन्य अधिकांश सचिवहरुले भने रातो प्लेटकै गाडी प्रयोग गर्दै सरकारी गाडीको व्यापक दुरुपयोग गर्दै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.