सल्लाहमै पराजुली पदमा नरहेको पत्र लेखिएको हो : कामु प्रधानन्यायाधीश जोशी

सल्लाहमै पराजुली पदमा नरहेको पत्र लेखिएको हो : कामु प्रधानन्यायाधीश जोशी

काठमाडौं : सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपक जोशीले आफूसँगको व्यक्तिगत छलफलमा नै प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी सम्बन्धी पत्र न्याय परिषदका सचिवले लेखेको बताएका छन्।

सर्वोच्चको कामु प्रधान न्यायाधीश बनेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले यस्तो खुलासा गरेका हुन्। ‘व्यक्तिगत रुपमा मसँग छलफल भएपछि नै न्यायपरिषदका सचिव नृपध्वज निरौलाले प्रधान न्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी सम्बन्धमा पत्र लेख्नुभएको हो’, सचिवलाई यस्तो पत्र लेख्ने अधिकार छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा कामु प्रधान न्यायाधीश जोशीले भने, ‘यो अधिकार न्यायपरिषद् ऐन २०७३ ले प्रष्टसँग दिएको छ।’

सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा जोशीले इजलास र पेसी तोकेका छन्। जोशीले कामुको हैसियतामा बिहीबार १० वटा इजलास तोकेका हुन्। उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्। सर्वोच्च अदालतको वेबसाइटमा विश्वम्भरप्रसाद श्रेष्ठ र डम्बरबहादुर खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसी, केदारप्रसाद चालिसे र पुरुषाेतम भण्डारीका संयुक्त इजलास तोकिएको उल्लेख छ।

हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराई, दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलास तोकिएको छ। त्यस्तै मीरा खड्का र प्रकाशमान सिंह राउत, सारदाप्रसाद घिमिरे र सपना मल्ल प्रधान, ओमप्रकाश मिश्र र टंकबहादुर मोक्तान, चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको इजलास तोकिएको छ। जोशीले आफ्नै नाममा पनि इजलास तोकेका छन्।

न्यायाधीश जोशीले तोके इजलास

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.