नेपालको चार विकेट गयो

नेपालको चार विकेट गयो

काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि अहिले नेपाल र पपुवा न्यूगिनीको खेल जारी छ। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले २७ दशमलव २ ओभरमा सबै विकेट लिएर पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको थियो।

सोही लक्ष्य पछ्याउने क्रममा नेपालले २१ ओभरमा चार विकेट गुमाएको छ। नेपालका आरिफ शेख २० दशमलव ६ ओभरमा ४२ बलमा २६ रन बनाएर आउट भएका छन् । यसअघि नेपालका कप्तान पारस खड्का ६ दशमलव पाँच ओभरमा आउट भएका थिए । पारसले नेपालका लागि १८ बलमा २० रन मात्र जोड्न सके।

नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र अनिल शाह आउट भइसकेका छन्। ज्ञानेन्द्र तीन बलमा एक रन बनाएर आउट भए भने अनिल ११ बलमा नौ रन बनाएर आउट भए।

अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल छन्। नेपालका लागि दीपेन्द्रसिंहले सर्वाधिक ४४ रन बनाएका छन् । ५४ बलमा उनले दुई छक्का र एक चौका प्रहार गरे ।

२२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०६ रन बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.