नियुक्तिमा चलखेल भएको भन्दै गाउँपालिका कार्यालयमा ताला

नियुक्तिमा चलखेल भएको भन्दै गाउँपालिका कार्यालयमा ताला

राजविराज : कर्मचारी नियुक्तिमा आर्थिक चलखेल भएको भन्दै सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ ।

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अनियमितता र धाँधली गरी आफ्ना मानिसलाई अनमी र कार्यालय सहयोगी पदमा नियुक्ति गरेको विरोधमा गाउँलेले तालाबन्दी गरेका हुन् ।

गाउँपालिका अध्यक्ष परशुराम चौधरीका आफन्त र पैसा दिनेलाई छनौट गरिएको गाउँलेको आरोप छ । गाउँपालिका अध्यक्ष चौधरी र प्रमुख प्रशासकिय अधिकृत राजिबकुमार झाले मिलोमतो गरी अनुभवी, दक्ष र योग्य व्यक्तिलाई पाखा लगाएर कर्मचारी छनौट गरिएको सुर्यनारायण चौधरीले जनाए ।

यसअघि भएको परीक्षा बदर गरेर निष्पक्ष, धाँधलीरहित परीक्षाको माध्यमबाट कर्मचारी भर्ना गर्नुपर्ने माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको स्थानीय सुर्यनारायण चौधरीले बताए ।

अध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत झा नेतृत्वको टिमले छनौट गरिएको कर्मचारी नियुक्तिमा आफ्नो कुनै संलग्नता नरहेको बताए । कर्मचारी नियुक्तिका लागि कार्यालयले गत फागुन २० र २९ गते परिक्षा लिएको थियो ।

गाउँलेका मागबारे छलफल गर्न गाउँपालिका तयार भएपछि साँझ ताला खोलेर वार्ता भएपनि छलफल विना निष्कर्ष टुङ्गिएको छ । वार्तामा अल्मल्याउने बाहेक अरु कुरामा गाउँपालिका गम्भिर नभएकाले आइतबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिने जयसागर चौधरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.