अन्तर कोरियाली सम्मेलनका लागि दुर्इ कोरियाबीच उच्चस्तरीय वार्ता हुने

अन्तर कोरियाली सम्मेलनका लागि दुर्इ कोरियाबीच उच्चस्तरीय वार्ता हुने

सोल : दक्षिण कोरिया र उत्तर कोरियाबीच अन्तर कोरियाली सम्मेलन गर्ने बारेमा यसै महिना उच्चस्तरीय वार्ता हुने भएको छ। अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा यही महिनाको अन्त्यतिर उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रशासक इम जोङ सोकले उच्चस्तरीय वार्ताका लागि मुन सरकारले तयारी गरेको पत्रकारहरूलाई जानकारी गराएका छन् । सम्मेलनको तयारी समितिको पहिलो बैठकपछि उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियालाई औपचारिक रुपमा प्रस्ताव गर्ने निर्णय भएको इमले बताए।

दुर्इ दक्षिण कोरियाका उच्चस्तरीय नेताबीच शिखर बैठक आगामी महिना हुने बताइएको छ।उत्तर कोरिया भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले शो शिखर बैठक आगामी महिना हुने बताएका छन् । यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हालै भएको छ। परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि ती विषेश दूतले भेटका क्रममा कुराकानी गरेको बताइएको छ।

नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुनका विशेषदूतसहितको प्रतिनिधिमण्डलबीच बैठक भएको थियो। पछिल्लो समयमा केही दुर्इ देशबीच सुमधुर बनेको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पुर्‍याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका हुन् ।

दुर्इ कोरियाबीच जतिसक्दो छिट्टै वार्ताको वातावरण तयार पार्न विशेषदूत उत्तर कोरिया पुगेका दक्षिण कोरियाले बताएको छ। त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ। भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा छलफल भएको थियो।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको शीतकालीन ओलम्पिकमा दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा आएको थियो । (रासस/सिन्ह्वा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.