सोमपालले लिए नेदरल्यान्ड्सको अर्को विकेट

सोमपालले लिए नेदरल्यान्ड्सको अर्को विकेट

काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सविरुद्धको खेलको पहिलो ओभरमै नेपालले दोहोरो सफलता पाएको छ ।

नेपालका लागि सोमपाल कामीले २.२ ओभरमा नेदरल्यान्ड्सका बिएन कुपरलाई पेभेलियनको बाटो देखाएका हुन् । उनले कुपरलाई अरिफ शेखको हातबाट क्याच गराउँदै पेभेलियन पठाए । कुपरले ५ बलको सामना गरेका थिए ।

यसअघि सोमपालले नै तेस्रो बलमै विकेट लिँदै नेदरल्यान्ड्सका वेस्ली बर्रेसीलाईलाई पेभेलियन फर्काएका थिए । तीन बलको सामना गरेको अवस्थामा बर्रेसीलाई सोमपालले अरिफ शेख मार्फत क्याच आउट गराएका थिए ।  ताजा अवस्थामा नेदरल्यान्ड्सले २ ओभर खेल्दै २ विकेटको क्षतिमा ६ रन जोड्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.