वनमा लागेको डढेलोले दर्जन गाउँ जोखिममा

वनमा लागेको डढेलोले दर्जन गाउँ जोखिममा

वीरगन्ज : पर्सामा रहेका सामुदायिक वन तथा राष्ट्रिय निकुन्जको जंगलमा एक सातादेखि लागेको डढेलोका कारण जंगलसँग सीमा जोडिएका एक दर्जन भन्दा बढी गाउँका बस्ती उच्च जोखिममा परेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुन्ज र मध्यवर्ती सामुदायिक वनको जंगलमा एक सातादेखि डढेलो लागेका कारण जंगलसँग जोडिएका मानवस्ती उच्च जोखिममा परेका हुन्।

चितवन र पर्सा राष्ट्रिय निकुन्ज, सरस्वती सामुदायिक वन, शनिश्चरे सामुदायिक वन, शिकारीवास मध्यवर्ती सामुदायिक वन, सेक्टर वन कार्यालय वसन्तपुर, ईलाका वन कार्यालय हरैया, ईलाका वन कार्यालय भतौडा, ईलाका वन कार्यालय रङ्पुर र सेक्टर वन कार्यालय बढ्नीहार अन्तर्गतका जंगलमा एक हप्तादेखि डढेलो लागेको हो।

डढेलो निभाउनका लागि सम्बन्धीत सामुदायिक वन समूह र जिल्ला वन कार्यालयले चासो नदेखाएका कारण जंगलसंग जोडिएका ठोरी , जीराभवानी र पटेर्वा सुगौली गाउँपालिका र पर्सागढी नगरपालिकाका मानववस्ती आगलागीको उच्च जोखीममा रहेको स्थानीयले बताएका छन्।

वनमा लागेको आगोले करोडौ मूल्य बराबरको काठ जलिसकेको छ। ठोरीको सरस्वती सामुदायिक वनमा लागेको डढेलो स्थानीयको खेतबारीमा शनिबार बिहान सल्किदा वडा नम्बर १ मा पर्ने सरस्वतीनगरको फायरलाइन बस्ती शनिबार दिनभर आतंकित बन्यो।

सामुदायिक वनबाट बस्तीका खेतबारीमा सल्केको डढेलो नियन्त्रणमा लिन स्थानीयलाई हम्मे–हम्मे परेको थियो। गाउँमा पसेको डढेलो सात घण्टापछि नियन्त्रणमा आएको थियो। स्थानीय सर्वसाधारण, प्रहरी, सामुदायिक वन समूहका पदाधिकारीसहितको टोलीले गाउँमा पसेको डढेलो हरियो स्याउलाको सहायताले साढे सात घण्टापछि नियन्त्रणमा लिएको सरस्वती सामुदायिक वन समूहका अध्यक्ष कमलविक्रम तिमिल्सिनाले बताए।

खेतबारीमा सल्केको आगो दुई चार जनाको समूहले बिहानैदेखि निभाउन धेरै प्रयास गरे पनि १० बजेपछि डढेलोले ठूलो रूप लिएको थियो,’ उनले भने ,‘ फोनमार्पmत् सबै गाउँलेलाई खबर ग¥यौं, गाउँटोलबाट थुप्रै महिला तथा पुरुषको सक्रियतामा स्याउलाको सहायताले आगो निभाउने प्रयास गरे पनि आगोले झन् ठूलो रूप लिएको थियो, ठूलो जमातको प्रयासले अन्ततः दिउँसो साढे २ बजे मात्रै गाउँमा पसेको आगो निभाउन सक्यौँ, यही प्रयासबाट ठूलो धनजनको क्षति हुन पाएन।’

फायरलाइन बस्ती छेउको डढेलो नियन्त्रणमा लिन सफल भएपनि बस्तीदेखि पश्चिमतर्पmको सामुदायिक वन र बस्तीसँग सिमाना जोडिएको उत्तरतर्पmको चितवन राष्ट्रिय निकुञ्जको जङगलमा भने भीषण डढेलो लागि रहेको अध्यक्ष तिमिल्सिनाले बताए।

जिल्ला वन कार्यालय पर्साका प्रवक्ता एवम् सहायक वन अधिकृत वशिष्ठ नरायण कुर्मीले आगो नियन्त्रणको प्रयास भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.