डढेलो लगाएको जानकारी दिनेलाई ५० हजार
नुवाकोट : विदुर नगरपालिकाले डढेलो लगाएको जानकारी दिनेलाई ५० हजार रुपैयाँ दिने भएको छ। लागो लगाउने व्यक्तिको उजुरीसहित जानकारी दिने जोसुकै व्यक्तिलाई नगरपालिकाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने मेयर राजन श्रेष्ठले घोषणा गरेका छन्।
नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखाले आयोजना गरेको सरोकारवाला तथा सामुदायिक वनका पदाधिकारीहरूको अन्तरक्रियामा मेयर श्रेष्ठले उक्त पुरस्कार घोषणा गरेका हुन्। वनमा आगो लगाएको सूचना दिने र प्रमाणित भए जानकारी दिनेलाई नगद पुरस्कारको व्यवस्था गरेको बताए।
नुवाकोटमा धेरैजसो जंगलमा आगलागी भइरहेको छ। ५० भन्दा बढी वन क्षेत्रमा डढेलो लागिरहेको डिभिजन वन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
४