व्यापारीलाई धम्क्याउँदै रकम असुल्ने काभ्रेका निमा लामा पक्राउ

व्यापारीलाई धम्क्याउँदै रकम असुल्ने काभ्रेका निमा लामा पक्राउ

काठमाडौँ: राजधानीका व्यापारीहरुलाई  धम्की दिएर रकम असुलेको अभियोगमा प्रहरीले काभ्रेको भीरपोखरी गाउँपालिका-२ करमडाँडा घर भएका निमा लामालाई पक्राउ गरेको छ ।

गुण्डागर्दी र आपराधिक कृयाकलापमा संलग्न भएको अभियोगमा  काभ्रेका गणेश लामालाई चार दिनअघि प्रहरीले पक्राउ गरिसकेको छ । आपराधिक क्रियाकलापमा संलग्न अर्का युवा पनि प्रहरीको फन्दामा परेका हुन् ।

प्रहरीका अनुसार सिनामङ्गलमा बस्दै आएका निमाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रमा रहेका व्यवसायीहरुलाई धम्की दिएर महिनावारी उठाउने गरेको खुलेको छ ।

उनले रकम नदिनेलाई मार्ने धम्की समेत दिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । सिनामङ्गलमा कपडा पसल खोले पनि उनको मूख्य काम भनेको व्यापारीहरुलाई धम्की दिएर रकम असुल्ने रहेको परिसरले जानकारी दिएको छ । 

लामाले रकम असुलीको नाममा आतंक मच्चाएपछि व्यवसायीहरुले प्रहरीलाई सूचना दिएका थिए । उनलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.