सुन व्यवसायी हत्याका मुख्य अभियुक्त पक्राउ

सुन व्यवसायी हत्याका मुख्य अभियुक्त पक्राउ

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका –२ पिपरियाका सुन व्यवसायी सुनिल साहको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हत्याका मुख्य योजनाकार तथा साह माथि गोली प्रहार गर्ने लालबन्दी नगरपालिका –२ का ४५ वर्षीय राजु भनिने उमेश पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पासवानलाई इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक अनिल ठकुरी र नवलपुरबाट खटिएका प्रहरी नायव निरीक्षक राजेश यादवको संयुक्त टोलीले लालबन्दी –२ बाट मंगलबार पक्राउ गरेको हो ।

साहको हत्यापछि पासवान भारतको विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । घर आएको सुराकी पाएपछि प्रहरीले पासवानलाई पक्राउ गरेका हो । पासवानलाई बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

हरिपुर नगरपालिका –९ पिडारी बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका साह बुबा नागेन्द्र साहको साथमा ना.४५ प १५०३ नम्बरको मोटरसाइकलमा साँझपख घर फर्किदै गर्दा पिपरिया र पिडारीको सिमामा रोकेर गोली प्रहार गरिएको थियो ।

साहका साथबाट उनीहरुले ८ तोला सुन, ४ किलो चाँदीका गहना र नगद ४० हजार समेत लुटेर फरार भएका थिए । गोली लागि गम्भिर घाइते भएका साहलाई उपचारका लागि मलंगवा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

पक्राउ परेका पासवान यो भन्दा अगाडी पनि सिरहा र रुपन्देही जिल्लामा मोस्टवान्टेडको सुचीमा थिए । आपराधिक क्रियाकलाप गरेका पासवानलाई सिरहा र रुपन्देही जिल्लाबाट पनि वारेन्ट जारी गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत रुपन्देहीबाट २०७३ कात्तिक २२ गते डाँका मुद्धामा वारेन्ट जारी गरिएको छ ।

त्यसैगरी सोही अदालतबाट २०७३ चैत्र १ गते कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र चोरी मुद्धामा वारेन्ट जारी गरिएको छ । सिरहा जिल्ला अदालतबाट २०७३ साल कात्तिक ७ गते र २०७३ साल मंसिर २६ गते डाँका र हातहतियार मुद्धामा वारेन्ट जारी गरिएको छ । सर्लाही जिल्लाबाट पनि २०७४ साल माघ ९ गते खुनडाँका तथा संगठित अपराध मुद्धामा वारेन्ट जारी भई इलाका प्रहारी कार्यालय नवलपुरबाट म्याद तामेल भएको प्रहरीले जनाएको छ । पासवान भारतका पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न अन्य ४ लाई कात्तिक ५ गते नै पक्राउ गरि पूर्पक्षका लागि थुनामा राखेको छ । कात्तिक ५ गते पक्राउ पर्नेमा लालबन्दी –२ का २७ वर्षीय जयप्रकाश पासवान, बरहथवा ७ गंगापुरका २३ वर्षीय कृष्ण साह, सोही स्थानका २५ वर्षीय प्रभु नारायण महतो र कविलासी १ पिपरियाका २१ वर्षीय विरेन्द्र मण्डल रहेका छन् ।

हत्या गरिएका साह नागेन्द्र साहका एक्ला सन्तान हुन् । छोराको हत्या भएपछि बुबा विछिप्त छन् । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पुगेका बुबा नागेन्द्रले हत्याको अभियोगमा पक्राउ परेका पासवानलाई आफ्नो छोराको कुन गल्ती थियो भनेर रुदैं सोधेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.