‘दसैँमा मेलम्चीको पानी काठमाडौंबासीको घरमा’

‘दसैँमा मेलम्चीको पानी काठमाडौंबासीको घरमा’

काठमाडौंः खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दसैैंअघि नै काठमाडौँका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन् ।

‘कम्तीमा पनि दसैँअघि नै मेलम्चीको पानी काठमाडौँका घर–घरमा पुर्‍याउने स्पिरिटका साथ काम गर्दैछौं’, उनले भनिन्, ‘मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु ।’

बुधवार रिपोर्टर्स क्लब नेपाललेको साक्षात्कारमा बोल्दै मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्तर्गत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जोडिएका विषय भएको बताइन् ।

‘मेलम्चीको पानी काठमाडौँ ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ’, उनले भनिन्, ‘मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पुनः सुचारु भएको छ ।’

आफूले कडा रूपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौँ भित्रिने मुख्यद्वारा रहेको सुन्दरीजलसम्म पानी ल्याउने गरी निर्माण अघि बढाउन निर्देशन समेत दिएको उनको भनाई थियो ।

साक्षात्कारमा बोल्दै उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्वार) ‘ब्रेक–थ्रू’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन् । ‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु’–उनले भनिन् । मन्त्री मगरले दसैँअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंबासीलाई आग्रह समेत गरिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.