गर्भनिरोधक औषधि खुवाउँदै बन्धक बनाएर पटक-पटक बालिकार बलात्कार गर्ने पाँच पक्राउ

गर्भनिरोधक औषधि खुवाउँदै बन्धक बनाएर पटक-पटक बालिकार बलात्कार गर्ने पाँच पक्राउ

काठमाडौं : प्रहरीले बालिकालाई बन्दक बनाएर पटकपटक बालिकार बलात्कार गर्ने समूहमा संलग्न चालक र सहचालकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। फागनु १७ गते बल्खुबाट हराएकी सरिता (नाम परिवर्तन)लाई आफ्नै कोठामा बन्दक बनाएर बलात्कार गर्ने समूहमा संलग्न पाँच जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा भोला तामाङ्ग, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईंलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका पाँच जनाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाएको छ। १५ वर्षीया बालिकालाई काठमाडौं र ललितपुर क्षेत्रमा गाडी चलाउने चालक र सहचालकको समूहले बन्दक बनाएर बलात्कार गरेको रहस्य सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरी अनुसन्धानबाट बालिकालाई बन्दक बनाउँदा बाथरुमसमेत जान नदिएको, कोठामै दिशापिसाब गराएको, कोठामा गर्भनिरोधक औषधि खुवाएको रहस्य खुलेको छ। सँगै प्रहरीले बालिका बन्धक बनाएको कोठाबाट कण्डम समेत बरामद गरेको छ।
कण्डमलगायत बरामद गरेको छ।

प्रहरीले सार्वजनिक गरेको घटना विवरण
-नबालिका पिडित मिति २०७४-११-१७ गते साँझदेखि बल्खुबाट हराएकोले निजको आमा बालबालिका खोजतलास केन्द्रमा निवेदन दिई टेलिभिजन तथा विभिन्न सार्वजनिक स्थानमा पीडितको फोटो र हुलियासहित खुलाई फेला पारेमा सम्पर्क गर्न पिडितको आमाको फोन नम्बर उल्लेख गरी पर्चा टाँस समेत गरिएको,

-खोजतलास जारी रहँदा मिति २०७४-११-२८ गते पिडित स्वयम्भैमा देखिएको खबर पाई पिडितको आमा जाँदा स्वयम्भुमा फेला पर्दा पीडित कराउने तर्सने, बरबराउने अबस्थामा फेला परेको। तत् पश्चात पिडितको आमाले प्रहरीमा खबर गरेको।

अनुसन्धानबाट खुलेको तथ्य
-मिति २०७४-११-१७ गते साँझ पिडित बालिका घरबाट बल्खुतर्फ निस्केकोमा वल्खुचौकमा काठमाडौको रिङ्गरोडमा चल्ने बा ४ ख ३८५१ नम्बरको बस चढेको, वसुन्धरा स्थित एक ग्यारेजमा लगि उक्त वसका चालक सन्तोष घिमिरे र सह-चालक दिवस गड्तौलाले जबजस्ती करणी गरेको।

- फागुन १८ गते साँझ पीडितलाई सन्तोष घिमिरेले ललितपुर हरिसिद्दी स्थित कोठामा लगी ६ दिनसम्म भाग्न उम्कन नदिई कोठामा बन्धक बनाई पिसाव समेत कोठाभित्रै गर्न लगाई जबरजस्ती करणी गरेको,

-फागुन २४ गते पीडित कोठाबाट भागेकोमा मिति २०७४।११।२४ गते अर्को वसका सह चालक सुदिप बजगाईले जबरजस्ती करणी गरेको।

-फागुन २५ गते पिडितलाई सह चालक दिवस गडतौलाले फेला पारी सन्तोष घिमिरेलाई जिम्मा दिएको। उक्त दिन सन्तोष घिमिरेले पुनः कोठामा लगी जवबरजस्ती करणी गरेको।

-सन्तोष घिमिरेले मिति २०७४-११-२७ गते पीडितलाई सातदोवाटोबाट रिङरोड गुडने बा २ ख ४१९५ नं. को गाडीमा चढाएको। उक्त गाडीको चालक भोला तामाङ र सह चालक चन्द्र सापकोटा समेत मिलेर दिनभर गाडीमा घुमाई स्वयम्भु स्थित एक ग्यारेजमा लगी जबरजस्ती करणी गरेको।

-फागुन २८ गते पिडितको स्वास्थ्य अवस्था बिग्रदै गएपछि निजलाई गर्भ निरोधक औषधि र २५० रुपैयाँ दिइ स्वयम्भूमा ल्याई छाडी दिएको।

घटनास्थलबाट वरामद सामान
-ललितपुर हरिसिद्दि स्थित सन्तोष घिमिरेको कोठाबाट महिलाले प्रयोग गर्ने गर्भाधारण हुन रोक्ने औषधीको खोल, दुई वोतल पिसाव र कन्डम ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.