छोरीको दाहसंस्कार गर्न नपाउँदा दुःखी

छोरीको दाहसंस्कार गर्न नपाउँदा दुःखी

काठमाडौं : विमान दुर्घटनामा छोरीको निधन हुँदा शोकमा डुबेका गजेन्द्र थापा दाहसंस्कारसमेत गर्न नपाएकोमा दुःखी भएका छन् । युएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणक्रममा दुर्घटना हुँदा गजेन्द्रकी एमबीबीएस अध्ययनरत छोरी आस्थाको निधन भएको थियो । बंगलादेशस्थित जलालावाद रागिब रविया मेडिकल कलेजमा अध्ययनरत आस्था एक महिने छुट्टीमा घर फर्कंदै थिइन् । ‘छोरीको शवसमेत हेर्न पाइनँ,’ थापाले भने, ‘दाहसंस्कार गर्न खोजेको थिएँ । त्यो पनि पाइनँ ।’

गत जेठमा सम्बन्धबिच्छेद गरेका विदुर नगरपालिका–८, थुम्काका थापाले प्रहरी–प्रशासनले समेत शव हेर्न र दाहसंस्कार गर्न असहयोग गरेको बताए । दाहसंस्कार गर्न पाऊँ भनेर निवेदन दिँदासमेत गौशाला प्रहरी बिट र प्रहरीले दर्ता गर्न नमानेको उनले दुःखेसो पोखे । काठमाडौं प्रहरी परिसरमा निवेदन दर्ता गरेको भए पनि असहयोग भएको दुःखेसो व्यक्त गर्दै उनले थपे, ‘सम्बन्धविच्छेद भए पनि मैले पनि छोरीको दागबत्ती दिन पाउनुपर्छ ।

दाहसंस्कार सामूहिक गरौं भन्न मनसाय थियो ।’ तर काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको र अदालत जानुस् भनी फर्काइदिएको उनले बताए । छोरीको सदगत गर्न पाऊँभन्दा राजनीतिक हस्तक्षेप भएको उनले दाबी गरे । ‘पत्नीसँग सम्बन्धविच्छेद भए पनि छोरीसँग सम्बन्ध कायमै थियो,’ उनले भने, ‘सम्बन्धविच्छेद पत्रमा पनि छोरीको अंश मसँगै थियो ।’ आफूलाई छक्याएर आस्थाको शव एकतर्फी रूपमा लगिएको उनले गुनासो पोखे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.