लायन्सले बनाइदियो १६ कोठे विद्यालय भवन

लायन्सले बनाइदियो १६ कोठे विद्यालय भवन

सिम्जुङ(गोरखा) : लायन्स क्लव इन्टरनेशनलले भूकम्पले भत्काएको सिम्जुङको हिमालय माविको १६ कोठे विद्यालय भवन निर्माण गरेको छ। दुईकरोड २६ लाख रुपैयाँको लागतमा हालै निर्माण सम्पन्न सो भवनको प्रधान सेनापति राजेन्द्र क्षेत्री र लायन्स इन्टरनेशनलकी प्रथम उपाध्यक्ष गुड्रँ जोर्ट याङ्भाडोर्ट (Gudrun Bjort Ynjvadottir)ले संयुक्त रुपमा उद्घाटन गरे।विद्यालय भवनको उद्घाटन गर्दै प्रधानसेनापति क्षेत्रीले सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भविष्यमा देशभक्त नागरिक बन्न सुझाव दिए। साथै उनले सूचना सञ्चार प्रविधिको विकास गर्न विद्यालयलाई व्यक्तिगत तर्फबाट मल्टिमिडिया प्रोजेक्टर र ल्यापटप सहयोग स्वरुप प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

साथै लायन्स इन्टरनेशनलकी प्रथम उपाध्यक्ष गुड्रले नेपालमा भूकम्पले भत्किएका १६ वटा विद्यालय निर्माण गर्न लागिएकोमा हिमालय मावि सबैभन्दा पहिले निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गरिन्। ‘भूकम्पले भत्किएका १४ जिल्लामा १६ वटा विद्यालय निर्माण गर्न नेपाल लायन्सलाई ५० करोड रुपियाँ पठाइएको थियो’ गुड्रँले भनिन् ‘हिमालय मावि सबैभन्दा पहिले निर्माण सम्पन्न हुन सफल भएकोमा बधाइ।’ भविष्यमा पनि सहयोग निरन्तर गर्ने उनको भनाइ थियो।

विद्यालय भवन उद्घाटन समारोहमा प्रदेशसभा सांसद प्रकासचन्द्र दवाडी, लायन्स क्लव अफ मल्टिपल काउन्सिलका अध्यक्ष बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक ३२५ बी १ का गभर्नर धनराज आचार्य, इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, पुनर्निर्माण कमिटीका संयोजक गिरीधारी शर्मा, प्रथम उपाध्यक्ष अशोक श्रेष्ठ, द्वितीय उपाध्यक्ष इन्दू लम्साल लगायतले विद्यालयको प्रगतिको कामना गरेका थिए।

विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद मिश्रले विद्यालयका लागि २२ वटा कोठा बनेकोमा खुसी व्यक्त गरे। देश विदेशबाट आएका पाहुनाका लागि सो विद्यालयले घाँटु, मारुनी, सोरठी, भजन लगायतका सांस्कृतिक झाँकी प्रस्तुत गरेर स्वागत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.