मन्त्रालयको सांगठनिक संरचना तयार गरिँदै

मन्त्रालयको सांगठनिक संरचना तयार गरिँदै

काठमाडौँं :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ ।पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालिएको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताए ।

सांगठनिकस्वरुप तयार गर्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा संगठन तथा व्यवस्थापन समिति समेत गठन गरिएको छ । जसको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिव, अर्थ मन्त्रालयका एक सहसचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र सम्बन्धित मन्त्रालयका सहसचिव रहेका छन् ।

न्यौपानेका अनुसार समितिले काम समेत थालिसकेको छ । समितिले मन्त्रालयमा चाहिने विभाग, महाशाखा, शाखाको स्वरुप तयार पार्नुको साथै ती मन्त्रालयमा आवश्यक कर्मचारीको पनि संख्या यकिन गर्ने सहसचिव न्यौपानेले बताए ।

‘‘समितिले बनाएको आधारमा मन्त्रालयका नयाँ सांगठनिकस्वरुप तयार हुन्छ’’ उनले भने ‘‘मन्त्रालयमा अहिलेको तुलनामा कर्मचारी थपघट हुन सक्दछन ।’’ समितिलाई मन्त्रालयको पुनर्गठन गर्नका लागि ६ महिनाको समय दिइएको छ ।सरकारले ३१ वटा मन्त्रालयबाट पुनर्गठन गरेर २० मन्त्रालय कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.