चार सयले परीक्षा दिन पाएनन्

चार सयले परीक्षा दिन पाएनन्

 घोराही : दाङमा यस बर्षको एसईई परीक्षामा जिल्लामा चार सय विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन्। जिल्ला शिक्षा कार्यालय दाङका अनुसार साधारण तर्फ तीन सय ७९ र प्राविधीक तर्फ ६ जना बिद्यार्थीले परीक्षा दिनबाट बञ्चित भएका हुन्। उनीहरुलाई उमेर र विद्यालयमा ७५ प्रतिसत हाजिर नपुगेका कारण परीक्षा दिनबाट बञ्चित गरिएको शिक्षा कार्यालयले जनाएको छ। यसै गरेर विहिवार भएको पहिलो दिनको एसइइ परीक्षामा दाङमा भण्डै २ सय विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन्।

करिब १२ हजार परीक्षार्थी रहेको दाङमा पहिलो दिनको परीक्षामा एक सय ८२ जना बिद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले जानकारी दिए। जिल्लामा नियमित र ईक्जामटेड गरी ११ हजार छ सय १३ जना बिद्यार्थी परीक्षामा सहभागि भएका छन। ४३ परीक्षा केन्द्रकाट परीक्षा सञ्चालन भइरहेका छ। अनिबार्य अंग्रेजी विषयको परिक्षा जिल्लामा शान्तिपुर्ण तथा मर्यादित रुपमा समपन्न भएको जिल्ला शिक्षा अधिकारी मैनालीले जानकारी दिए।

सल्यानमा परीक्षार्थीको डुबेर मृत्यु

सल्यानमा एसईइ परीक्षा दिन गएका एक जना छात्रको नदिमा डुबेर ज्यान गएको छ। शिद्धेश्वरी माध्यामीक बिद्यालय बन्गाढ कुपिण्डे नगरपालीका १२मा रहेको माझर्खक माविमा अध्यनरत छात्र प्रकाश परियारको शारदा नदिमा डुबेर ज्यान गएको हो।

कालीमाटी गाउँपालीका वडा नम्बर ३ मा रहेको शारदा जनकल्यान माबिमा एसईइ परिक्षा दिन गएका परियारको डुबेर मृत्यु भएको छ। परियार शारदा नदीमा साथिहरु सँग नुहाउन गएका बेला अर्का डुबेका साथीलाई बचाउन खोज्दा उनको मृत्यु भएको प्रहरीले वताएको छ। उनी सँगै डुबेका अर्का एक जनाको भने दाङको तुलसीपुरमा उपचार भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.