रुप्से झरनामा पूर्वाधार अभाव

 रुप्से झरनामा पूर्वाधार अभाव

बेनी :  विश्वकै गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा छन् । बेनी–जोमसोम सडक सञ्चालनमा आएसँगै अन्नपूर्ण–३ दानामा पर्ने अन्धगल्छी र रुप्से झरनामा पर्यटकको आकर्षण बढ्दो छ । तर, शौचालय, होटललगायत अन्य आधारभूत सुविधा नहुँदा पर्यटकको बसाइँ लम्बिन सकिरहेको छैन । दानाका पर्यटन व्यावसायी इन्द्रसिंह शेरचनले हिमाली जिल्ला मुस्ताङको स्थलमार्ग हुँदै भ्रमणमा जाने पर्यटकहरू झरना र अन्धगल्छीको सुन्दरता देखेर लोभिने गरे पनि त्यसबाट फाइदा लिन नसकेको बताए । साबिक दाना गाविसको समन्वयमा झरना र अन्धगल्छीसम्म पुग्ने पक्की रेलिङसहित पदमार्ग र भ्युटावर निर्माण गरे पनि अहिले उक्त संरचना जीर्ण बन्दै गएको छ ।

‘यहाँ पर्यटकका अति आवश्यक भनेको शौंचालय र बस्नका लागि होटल हो, भ्युटावर मात्र बनाएर हँदैन’, पर्यटन व्यवसायी शेरचनले भने, ‘यो माग हामीले वडा हुँदै गाउँपालिकासम्म पु¥याएका छौं तर सुनुवाइ भएकै छैन ।’ दुई वर्ष अघिसम्म अन्धगल्छी र रुप्से झरनाबीचको खाली भागमा एक पर्यटन व्यवसायीले होटल सञ्चालन गरे पनि वर्षायाममा खस्ने पहिरो र स्थानीयको असहयोगका कारण विस्थापित भएको छ ।

‘मुस्ताङ जाने बाटोमा पर्ने भएकाले यसको सम्भावना व्यापक छ तर स्थानीय र गाउँपालिकाले विशेष चासो देखाउनुपर्ने छ’, पर्यटन व्यवसायी शेरचनको भने । दानाको युवा क्लब, आमा समूह र गाविस मिलेर दुवै स्थानमा भ्युटावर बनाइए पनि त्यसलाई संरक्षण गर्ने संस्था नहुँदा बेवारिसे बन्दै गएको दाना अगुवाका बेलबहादुर पुनले बताए ।

‘झरनाको आकर्षण देखेर सबै मोहित हुन्छन् तर यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेनौं, अब गाउँपालिकाले यसलाई योजना बनाएर विकास गनुपर्छ’, उनले भने । जिल्ला सदरमुकाम बेनीदेखि २ घण्टाको सवारी यात्रापछि रुप्से झरना पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिका प्रमुख क्याप्टेन डमबहादुर पुनले झरना र अन्धगल्छीको एकीकृत रूपमा विकासको योजना अघि बढाइएको बताए । ‘सार्वजनिक शौचालयको अभावलाई तत्काल सम्बोधन गर्नेछौं । जीर्ण भ्यु टावरहरूको मर्मतसम्भार गरेर पर्यटक बसाइँ समय लम्ब्याउनेछौं, उनले भने, ‘पार्किङ स्थलदेखि पर्यटकको तथ्यांक राख्नेसम्मको काम सुरु गर्ने तयारी गरिरहेका छौं ।’

०००

म्याग्दीको अन्नपूर्ण–३ दानामा पर्ने मनमोहक रुप्से झरना । तस्बिरः गोपाल छन्त्याल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.