यूएस बंगला विमान दुर्घटनाका मृतक परिवारको ऋण समाजसेवीले गरिदिए चुक्ता

यूएस बंगला विमान दुर्घटनाका मृतक परिवारको ऋण समाजसेवीले गरिदिए चुक्ता

सिन्धुली :फागुन २८ गते सोमबार बंगलादेशको यूएस बंगला एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सर्लाही कविलासीका अवधेसकुमार यादवको ऋण चुक्ता भएको छ। आर्थिक अभावका कारण रोजगारको सिलसिलामा कतार गई घर फर्कने क्रममा यादवको दुर्घटनामा ज्यान गएको थियो। परिवारले ऋण तिर्ने अवस्था नरहेको थाहा पाएका सिध्नुलीका समाजवेसवी उज्ज्वलविक्रम थापाले ऋण चुक्ता गरिदिएका हुन्। यादव विदेश जाँदा एक लाख ९६ हजार रुपैयाँ ऋण लागेको थियो। यादव परिवारलाई ऋण दिएका साहूले समेत परिवारमा दुःख परेको भन्दै ब्याज लिएनन्।

फागुन २८ गते यादव चढेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटनाग्रस्त भउको थियो। दुर्घटनामा यादवसहित ५९ जनाले ज्यान गुमाएका थिए। छोराले पैसा कमाएर ऋण तिर्ने आशमा रहेको परिवारको दुःखमा साथ दिँदै समृद्ध सिन्धुलीको साथमा संकलन भएको रकम समाजसेवी थापाले पीडित परिवारलाइृ बुझाएका हुन्।

‘आर्थिक अवस्था दयनीय रहेका अवधेसको परिवारलाई उनी विदेश जाँदा लागेको ऋण समेत तिर्न समस्या रहेको अवस्था थाहा पाएपछि सामाजिक सञ्जाल मार्फत रकम संकलनगरी हस्तान्तरण गरेका हौं,’ समाजसेवी थापाले भने।‘काठमाडौँमा छोराको शव बुझ्न जाँदा मृतकका बुबा आमालाई भेटेको थिए’, समाजसेवी थापाले थपे, ‘आर्थिक अवस्था निकै दयनीय रहेछ, मैले त्यतिबेलानै उनीहरुलाई घर फर्किन यातायात खर्च बापत ११ हजार रुपैँया दिएको थिए।’

उनले त्यही समयमा ऋण तिर्न सहयोग गर्ने आश्वासन दिएका थिए। कविलासी नगरपालिका–३, साबिक जमुनियाँ गाविस– १ बीरनगराका २१ वर्षका अवधेस गत असोज २४ गते वैदेशिक रोजगारका लागि कतार पुगेका थिए। विदेश गएको ६ महिना नपुग्दै बिरामी परेपछि स्वदेश फर्किएका अवधेसको विमान दुर्घटनामा मृत्यु भएको हो।

घरमा गर्भवती श्रीमतीलाई छाडेर गएका अवधेसको परिवारमा अहिले बुवा राशनारायण, आमा सुमित्रा देवी, श्रीमती पुनम र ५ महिनाकी छोरी छिन्। सहयोग रकम लिएर गाउँमा पुगेका युवाहरुसँगै राजपा नेपाल सर्लाहीका अध्यक्ष नागेश्वर साह र स्थानीय रामदरेश रायले पनि दुई हजार ५ सय ५ रुपैँया आर्थिक सहयोग गरेका छन्।विमान दुर्घटनामा ज्यान गुमाएका यादवको परिवारले राज्यको तर्फबाट अझैसम्म क्षतिपूर्ति पाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.