घुससहित भूमिसुधारका नासु भुजेल पक्राउ
काठमाडौं : भूमिसुधार कार्यालय ब्यासी,भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग १० हजार घुस लिँदालिँदै उनलाई रंगेहात पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिका –८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि नासु भुजेलले सेवाग्राहीसँग घुस मागेका थिए । उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।