जनकपुरको मुख्य बजारमा चल्यो डोजर

जनकपुरको मुख्य बजारमा चल्यो डोजर

जनकपुरधामः जनकपुर उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रको सडक विस्तार गर्न घर र पसलहरु भत्काइएको छ । प्रदेश नं. २ को राजधानी समेत रहेको जनकपुरमा नयाँ मापदण्ड अनुसार सडक र नाला निर्माणमा बाधक भवनहरु भत्काउन थालिएको हो ।

पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि शनिवारदेखि उपमहानगरपालिका कार्यालयले आफैँ डोजर लगाएर घर भत्काउन सुरु गरेको हो ।

उपमहानगरपालिकाको शुक्रबारको निर्णयानुसार भवन भत्काउने अभियान सुरु भएको उपमेयर रिता झाले जानकारी गराएकी छिन् । एकीकृत शहरी विकास परियोजना अन्तर्गत जनकपुरको परिक्रमा सडकमा नाला निर्माण भइसकेको छ । तर मुख्य बजार क्षेत्रको विस्तार लामो समयदेखि समस्या बनेको थियो ।

त्यो सडक अन्तर्गत उपमहानगरका प्रमुख लालकिशोर साहको घर समेत परेको छ । प्रमुख स्वयमले आफ्नो घर भत्काएर सडक विस्तारको सुरुवात गरेका थिए । जनकचौकदेखि शिव चौक हुँदै भानु चोकसम्म २९ फिटको सो सडकलाई साढे ५२ फिटको बनाउन लागिएको हो ।

जनकपुरको मुख्य व्यापारिक केन्द्र रहेको यस सडकमा उपमहानगरको डोजर आएपछि घरधनीहरुले आफै पनि भत्काउन सुरु गरेका थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडकमा पर्ने अधिकांश भवन भत्काउन थालेपछि हेर्नेहरुको घुइँचो लागेको थियो ।

जनकपुरमा एसियाली विकास बैंकको क्रण तथा अनुदानमा सञ्चालित परियोजना अन्तर्गत एक अर्ब ९० करोड बजेटमा सडक विस्तार र ढल नाला निर्माण भइरहेको छ ।

जसमध्ये १० किलोमिटर सडक विस्तार र २० किलोमिटर ढल निर्माण भइरहेको छ । झण्डै २ सय घर अझै भत्काउनुपर्ने परियोजनाले जनाएको छ । बजार क्षेत्रको सडक १६ मिटर चौडाईको बनाइँदैछ । जसमा सडकको दुवैतर्फ एक एक मिटर फुटपाथ पनि बन्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.