राजमार्गमा बम
दमक : मोरंगको पथरी र उर्लाबारीको राजमार्गमा लक्षित गरी राखिएको अवस्थामा बम भेटिएको छ । पथरीमा राखिएको बम डिस्पोज गरिएको छ । बिहान ८ बजे रंगेलीबाट नेपाली सेनाको सुर्यदल गणले पथरीमा राखिएको बम डिस्पोज गरेको हो । पथरीको ट्राफिक प्रहरी कार्यालयको छेउमा राजमार्गमा राखिएको बम सुतली बम भएको डिस्पोज टोलीले जनाएको छ ।
बम कार्टुनभित्र राखिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक बिजय श्रेष्ठले जानकारी दिए । यसैबीच उर्लाबारी–३ मंगलबारेस्थित सुनझोडा पुल छेउमा अर्काे बम भेटिएको छ । राजमार्ग छेउमा लडाएर राखिएको बिजुलीको पोलमा कालो पोकामा बम जस्तै देखीने शंकाष्पद बस्तु राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।
अहिले सो बम डिस्पोज गर्ने तयारी भइरहेको छ । बम बिप्लव समूहले राखेको हुन सक्ने पराजुलीले आशंका गरे । आज बिप्लव नेतृत्वको नेकपाले बन्द आव्हान गरेकै बेला रामार्गलाई लक्षित गरी राखिएको अवस्थामा बम भेटिएको हो ।