कसरी गर्ने परीक्षाको तयारी ?

 कसरी गर्ने परीक्षाको तयारी ?

सोलुुुुखुुुुम्बुुुु घर भएका सुुुुदीप फुुयाँल अहिले टाइम्स स्कुुुुल कुुुुलेश्वरमा कक्षा ८ मा पढ्छन् । उनी कक्षामा सधैं प्रथम हुुुुन्छन् । स्कुुुुलमा पढाएको कुुुुरा हरेक दिन घरमा आएर पढ्छन् । सरले पढाएका कुुुुरा घरमा आएर पढ्दा परीक्षामा गाह्रो नहुुुुने फुुयाँल बताउँछन् । परीक्षाको समयमा पनि उनी अन्य समयमा जस्तै हतार नगरी पढ्छन् ।

कक्षामा सरले पढाउँदा नबुुुुझेका कुुुुरा उनी सरलाई सोधिहाल्छन् । सरले पढाएका कुुुुरालाई कापीमा लेख्छन् । स्कुुुुलमा हुुुुने हरेक सांस्कृतिक कार्यक्रममा भाग लिन पनि उनी छुुटाउँदैनन् ।

पढ्नकै लागि कहिलेकाहीँ गुुुुगल तथा युुुुट्युुबको पनि उनी सहयोग लिन्छन् । उनले हरेक दिन चार घन्टा पढ्ने गरेका छन् । रेडियो तथा टेलिभिजनमा हरेक दिन समाचारसमेत सुुुुन्छन् उनी ।

चैतको महिनामा विद्यालयको अन्तिम परीक्षा सुुुुरु हुुुुन्छ । सबैलाई राम्रो नम्बर ल्याउने रहर हुुुुन्छ । परिवारले पनि आफ्नो छोराछोरीलाई राम्रो अंक ल्याउन दबाब दिन्छन् । तर, विद्यार्थीलाई यस्तो दबाब दिँदैमा उनीहरूको परीक्षा राम्रो हुुुुँदैन । दबाब दिँदा उनीहरूले राम्रो नम्बर ल्याउन नल्याउने बताउँदै अभिभावक गौरी तमुुुु भन्छिन्, ‘बच्चाहरूलाई परीक्षाको हाउगुुुुजीबाट मुुुुक्त गराउने, साथीजस्तै भएर सिकाउने, पढ्ने, खेल्ने, घुुुुम्ने र रुटिङ मिलाएर पढाउने गर्नुुपर्छ ।’

बालबालिकालाई थर्काउने र पिट्ने गर्नुुुु हुुुुँदैन । समयसमयमा खानेकुुुुरा खान दिनुुुुपर्छ । कमजोर भएको विषयमा फकाउँदै उनीहरूलाई पढाउनुुुु पर्छ । उनीहरूसँग मीठो बोल्नुुुुपर्छ र कहिले पनि अरूको बच्चाहरूसँग तुुुुलना गर्नुुुु हँुुुुदैन ।

शान्ति विद्यागृह मावि लैनचौरकी शिक्षिका शोभा काफ्ले विद्यार्थीलाई परीक्षाको समयमा मात्र नभएर अन्य बेलामा पनि मायालुुुु वातावरणमा सिकाउनुुुु पर्नेमा जोड दिन्छिन् । ‘हामीले आफ्ना बच्चाहरूलाई घर तथा स्कुुुुलमा अध्ययनशील र अनुुुुशासित वातावरण निर्माण गर्ने सक्यौं भने उनीहरूको नतिजा पनि उत्कृष्ट निस्कन्छ’ उनी भन्छिन्,‘ सबैले हौसला प्रदान गर्नुुुुपर्छ ।’

विद्यालयमा धेरै बच्चाहरूलाई एकैपटक सिकाउनुुपर्ने हुुुुनाले शिक्षकले अलि ध्यान पुुुु¥याउनुुुुपर्ने हुुुुन्छ । कक्षामा सबै स्तरका विद्यार्थी हुुुुन्छन् । उनीहरूलाई एकै तरिकाले पढाउँदा सबैले नबुुुुझ्न सक्छन् । ससाना उत्प्रेरणात्मक कथा र प्रेरक प्रसंग सुुुुनाउँदै उनीहरूलाई पढाइप्रति रुचि जगाउनुुुुपर्छ । राम्रो गर्र्नेलाई पेन्सिल तथा चकलेट पुुुुरस्कार दिएर पनि पढाइप्रति चाख जगाउन सकिने शिक्षकको सुुझाव छ । यसरी पढ्ने

: आफूले पढेका विषयलाई परीक्षामा मात्रै नभई शिक्षकले पढाएकै दिन घरमा गएर दोहो¥याउने । आफूले बारम्बार अभ्यास गर्दा पनि नजाने शिक्षकशिक्षिका वा साथीसँग सोध्ने गर्नुपर्छ ।

: पहिले पाठ बुझेर पढ्ने, त्यसका महत्वपूर्ण बुँदाहरूलाई टिपेर याद गर्ने, यसलाई केही दिनसम्म पढेपछि नहेरी भन्ने प्रयास गर्नुपर्छ ।

: पाठ्यक्रममात्र नभई योसँग सम्बन्धित बाहिरी पुस्तकको राम्रो अध्ययन गरेमा परीक्षामा राम्रो अंकका साथ उत्र्तिण हुन सकिन्छ ।

: पुस्तक र कापीका पाना मात्रै पल्टाउनुभन्दा आफूलाई अलि गाह्रो लाग्ने पाठलाई प्राथमिकतामा राखेर पढ्ने बानी बसाल्नुपर्छ ।

: मन लगाएर उपयुक्त वातावरणमा पढेमा विद्यार्थीले छोटो समयमै परीक्षाको राम्रो तयारी गर्न सक्छ ।

: आफूले पहिले नै दिएका परीक्षाका प्रश्नहरूलाई हेर्ने र त्यसको समाधान गरेर शिक्षक वा अभिभावकलाई देखाउने ।

: पहिलेदेखि बनाइएको नोट अथवा मुख्य पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकलाई नै बढीभन्दा बढी अध्ययन गर्नुपर्छ ।

: परीक्षाको दिन आएपछि तनाव लिएर आत्तिनुभन्दा पहिलेदेखि नै रुटिन बनाएर सबै विषयलाई दोहो¥याउनु राम्रो हुन्छ ।

: सबै विषयलाई बराबर प्राथमिकतामा राखेर अध्ययन गर्ने बानी बसाल्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.