भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कलाई २४ वर्ष जेल सजाय

भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कलाई २४ वर्ष जेल सजाय

एजेन्सी : दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन हेुलाई त्यहाँको एक अदालतले भ्रष्टाचार मुद्दामा २४ वर्षको जेल सजाय सुनाएको छ। उनलाई १८ बिलियन वन जरिवाना समेत गरिएको छ। १६ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा, शक्तिको दुरुपयोग र घुसखोरीलगायत मुद्दामा उनलाई सोल स्थित सेन्टर डिस्टिक कोर्टले २४ वर्षको जेल सजाय सुनाएको हो।

शुक्रबार भएको फैसला अनुसार उनलाई २४ बर्ष जेल सजाय र १ करोड ७० लाख अमेरिकी डरल जरिवाना सजाय सुनाइएको छ । ६६ वर्षीय पूर्वराष्ट्रपति पार्क एक वर्षअघिदेखि नै थुनामा छिन् ।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनको मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई लामो समयदेखि थुनामा राखिएको थियो । उनले गरेको भ्रष्टाचार मुद्दामा सरकारी वकिलले ३० वर्षको जेल माग गरेका थिए ।

पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । पदमा रहँदा उनले शक्तिको दुरुपयोग व्यापक रुपमा गरेको आरोप थियो ।

भ्रष्टाचारको अभियोगमा पार्क एक वर्षअघि राष्ट्रपति पदबाट बर्खास्त भएकी थिइन्। संसदबाट महाअभियोग लगाइएकी उनी संबैधानिक अदालतको आदेशबाट पदमुक्त भएकी थिइन्। राष्ट्रपति पार्कलाई पदको दुरुपयोग गरेको अभियोगमा सन् २०१६ डिसेम्बरमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरी पारित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.