भैरहवा पुगेर मन्त्री अधिकारीले भने, ‘अरु थाहा छैन, एक वर्षमा एयरपोर्ट बन्नुपर्छ’

भैरहवा पुगेर मन्त्री अधिकारीले भने, ‘अरु थाहा छैन, एक वर्षमा एयरपोर्ट बन्नुपर्छ’

भैरहवा : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम एक वर्षमा काम सम्पन्न गर्ने निर्देशन दिएका छन् ।

विमानस्थलको अनुगमन गर्न पुगेका मन्त्री अधिकारीले भैरहवा विमानस्थलको काम मुलुकको प्रतिष्ठासँग जोडिएको भन्दै जसरी पनि एक वर्षमा काम सम्पन्न गर्ने निर्देशन दिएका हुन् ।

‘यो देशको प्रतिष्ठासगँ जोडिएको विषय हो । विमानस्थलको काम छिटो सम्पन्न गर्नमा सरकारबाट के कस्तो सहयोग चाहिन्छ त्यो भन्नुस्’, अनुगमनको क्रममा उनले निर्देशन दिदै भने, ‘के गर्नहुन्छ, कसरी गर्नुहुन्छ, मलाई अरु थाहा छैन । तर, मलाई एक वर्ष भित्रमा यो आयोजना सम्पन्न गरेर दिनुपर्छ ।’

उनले सबैले मिलेर काम गरे अबको ९ महिनामा नै विमानस्थलको काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । एडीबीले अगामी जुन महिनासम्म विमानस्थलको कुल ५० प्रतिशत काम सक्नुपर्ने विषयमा मन्त्री अधिकारीले ७० दिन समय रहेको भन्दै प्रत्येक दिनको कामको योजना, मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने बताए ।

सँगै मन्त्री अधिकारीले एडीबीलाई जुनसम्म ५० प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि ६० प्रतिशतको लक्ष्य लिएर काम गर्न आग्रह गरे । अधिकांश आयोजना अन्तिम समयमा आएर ‘फेल’ भयो भन्ने गरेको उदाहरण दिँदै उनले कामलाई तिब्रता दिन निर्देशन दिएका हुन् । प्रत्येक दिन आयोजना ‘फेल’ हुदैछ कि पास हुदैछ भन्ने ‘वाच’ गरेर समयमा काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले तालिका अनुसार काम भइरहेको बताउँदै मन्त्रीलाई निर्माणधीन विमानस्थलको अवस्थाबारे जानकारी गराए । हाल विमानस्थलमा टर्मिनल भवन, धावनमार्ग, प्रशासनिक भवन, कन्ट्रोल टावर, पानी ट्यांकी लगायतको काम भइरहेको छ ।

वर्षा अघि धावनमार्गको पिच गर्नभन्दा अघिको र टर्मिनल भवनको छाना हाल्नुभन्दा अघिको काम सम्पन्न हुने आयोजना प्रमुख शर्माले बताए । विगतमा विमानस्थलको काम सुस्त गतिमा भएपनि चिनियाँ कम्पनीले चीनबाट नै कामदार ल्याएर तिब्र गतिमा काम जारी राखेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.