खुला दिसामुक्तमा अभियानमा अस्थायी चर्पी बाधक

खुला दिसामुक्तमा अभियानमा अस्थायी चर्पी बाधक

बिर्तामोड : झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा असुरक्षित अस्थायी चर्पी बाधक बनेका छन्। खुला दिसामुक्त घोषणा भएका स्थानबाहेक अन्य स्थानमा पहिलेका अस्थायी चर्पी हटाएर नयाँ चर्पी बनाउन अटेर गर्दा अभियान समयमै पूरा नहुने देखिएको हो।

पहिले खाल्डो खनेर सामान्य बेराघेरा गरी बनाइएको चर्पी भत्काएर खुला दिसामुक्त घोषणा गर्न योग्य मापदण्डभित्रको चर्पी बनाउन बारम्बार आग्रह गर्दासमेत झापा भद्रपुर, दमक र मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकाका केही स्थानमा स्थानीयले चर्पी बनाउनै अटेर गर्ने गरेका जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए।

यीमध्ये भद्रपुर नगरपालिकाको १ र २ वडा, साविक पृथ्वीनगर गाविसमा मात्रै चार सय घरधुरीमा पुराना असुरक्षित खाल्डे चर्पी रहेको झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा सक्रिय ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्माले बताए।

‘यो स्थानमा सुकुमबासी छन्, कोही बाढीपीडित छन्, पहिलेका चर्पी त्यतिकै रहेकाले बनाउन अटेर गर्छन्, यो अभियानमा स्थानीय नागरिक र संघसंस्थाको साथ र सहयोग कम पाएकाले चर्पी बनाउने अभियान सफल भइरहेको छैन’, संयोजक शर्माले भने, ‘सुकुम्बासीहरू बस्ने स्थायी ठाउँ नै नभएको भन्दै चर्पी बनाउन अटेर गर्छन्, बाढीपीडित बाढीले बगाउने भन्दै बनाउँदैनन्, यसको उचित निर्णय स्थानीय तहले गर्नुपर्र्र्छ’, उनले भने।

सुकुम्बासीहरू बस्ने स्थायी ठाउँ नै नभएकाले उनीहरू चर्पी बनाउन अटेर गर्छन्।

सुकुमबासीलाई जग्गाको व्यवस्थापन गर्दै र बाढी आइरहने स्थानमा पनि अग्लो प्यानभित्र पानी नपस्ने शौचालन बनाउन सकिने शर्माको भनाइ छ। पुराना अस्थायी चर्पी भत्काएर नयाँ नबनाएसम्म ती स्थानमा खुला दिसामुक्त गर्ने सूचकांक पूरा हुँदैन। ती शौचालयलाई जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिले असुरक्षित चर्पीको सूचीमा राख्ने गरेको छ।

१ लाख ८२ हजार २ सय १५ घरधुरी रहेको झापामा हालसम्म १ लाख ७२ हजार ६ सय ३७ घरधुरीमा सुरक्षित शौचालय निर्माण भएको जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिले जनाएको छ। यो तथ्यांक चैत २१ गतेसम्मको रहेको जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। उनका अनुसार बनाउन बाँकी ९ हजार ५ सय ७८ घरधुरीमध्ये ६ हजार ३ सय १४ घरधुरीमा शौचालय निर्माणाधीन अवस्थामा छन्। ३ हजार २ सय ६४ घरधुरीमा अझै निर्माणको सुरसार छैन।

पहिले एक महिनामा बनेका चर्पीको संख्यालाई हेर्दा बाँकी घरधुरी संख्या कम देखिए पनि यो स्थानमा असुरक्षित पुराना चर्पी बाढीको जोखिम र सुकुमबासी रहेको स्थान भएकाले काम गर्न समस्या भएको बताइएको छ।

‘सन् २०१७ भित्र देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राज्यले दिएको थियो, अझ झापालाई सन् २०१६ सम्ममै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता थियो, तर त्यो प्रतिबद्धता सन् २०१८ को पाँच महिनाभित्र भने पूरा गर्ने लक्ष्य छ’, पोर्तेलले भने।

०००

झापा गाउँपालिकाका एक स्थानीय चर्पी बनाउँदै। रविन भट्टराई


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.