तीन महिनामा पर्यटक आगमन ११ प्रतिशत बढ्यो

तीन महिनामा पर्यटक आगमन ११ प्रतिशत बढ्यो

काठमाडौं : विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या तीन महिनाको अवधिमा ११.४६ प्रतिशतले वृद्धि भएको छ। सन् २०१८ को पहिलो तीन महिना जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आगमनमा यो वृद्धि आएको हो।

अध्यागमन विभागका अनुगमन अधिकृत कृष्ण सापकोटाले सन् २०१८ को पहिलो तीन महिनामा हवाई मार्ग र सडक मार्ग भएर नेपाल आउने पर्यटनको संख्या बढेको जानकारी दिए। सन् २०१८ को तीन महिनामा दुई लाख ८६ हजार आठ सय ८२ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा ३२ हजार आठ सय ९८ बढी हो।

सन् २०१७ को जनवरी, फेब्रुअरी र मार्चमा नेपाल भ्रमणका आउने विदेशी पर्यटको संख्या दुई लाख ५३ हजार नौ सय ८४ मात्रै थियो। विभागका अनुसार सन् २०१८ को जनवरीमा ७३ हजार एक सय ४४, फेब्रुअरीमा ८८ हजार नौ सय ७३ र मार्चमा एक लाख २४ हजार ६ सय ८१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। विभागका अनुसार सन् २०१७ को जनवरीमा ६३ हजार ६ सय ३२, फेब्रुअरीमा ८४ हजार ६१ र मार्चमा एक लाख ६ हजार दुई सय ९१ पर्यटक आएका थिए।

सापकोटाका अनुसार तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुई लाख १६ हजार नौ सय ९८ पर्यटक आएका छन्। यसैगरी कञ्चनपुर नाकाबाट सात सय २७, कैलाली नाकाबाट नौ, रसुवा नाका हुँदै २७ सय ८४, भैरहवाबाट ६४ हजार तीन सय २८, बाँकेबाट एक सय ५२ र झापाको नाकाबाट १८ सय ६६ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।

विभागका अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटकको संख्या बढी छ। तीन महिनामा चीनबाट नेपाल आउने पर्यटकको संख्या ४० हजार नौ सय ७८ छ। यो संख्या सन् २०१७ को तीन महिनामा भने २९ हजार ६ सय ८४ मात्रै थियो।

यसैगरी दोस्रो बढी पर्यटक भारतबाट आएका छन्। सन् २०१८ को तीन महिनामा भारतबाट मात्रै ३४ हजार तीन सय १० भारतीय नागरिक नेपाल भ्रमणमा आएका छन्। विभागका अनुसार सन् २०१८ पहिलो तीन महिनामा नेपाल भ्रमण आउने भारतीयको संख्या कमी हुनमा वीरगन्जबाट आएका पर्यटक संख्या उल्लेख नहुन हो। सन् २०१७ को पहिलो तीन महिनामा ३४ हजार चार सय ७२ भारतीयले नेपाल भ्रमण गरेका थिए।

तेस्रो बढी पर्यटक अमेरिकाबाट आएका छन्। सन् २०१६ को पहिलो तीन महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउनेको संख्या २१ हजार तीन सय ६९ छ। यो संख्या सने २०१७ को तीन महिनामा १९ हजार सात सय ६७ थियो।

यसैगरी चौथौमा बढी पर्यटक बेलायतबाट आएका छन्। बेलायतबाट सन् २०१८ को पहिलो तीन महिनामा नेपाल आउने पर्यटकको संख्या १५जार तीन सय ८१ छ। सन् २०१५मा देशमा आएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले पर्यटक आगमन सन् २०१४ को भन्दा २० प्रतिशतले कमी आएको थियो। त्यसपछि भने पर्यटक आगमन निरन्तर बढिरहेको छ। नेपाल सरकार, पर्यटन व्यवसायी, एनआरएन, विभिन्न देशमा रहेको जनसम्र्पक प्रतिनिधिले प्रचार र प्रवद्र्धनका कार्यक्रमले पर्यटक आगमनमा वृद्धि आएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।

सन् २०१६को पर्यटक आगमनलाई त्यति नराम्रो भन्न पनि नमिल्ने उनको तर्क छ। भूकम्पपछिको परकम्पकै कारण क्रास नघटको र देशको आन्तरिक समस्या पनि बेलामा आइरहेको अवस्थामा पनि पर्यटक आगमन वृद्धिदर आवश्यक छ। सरकारले सन् २०२० मा १५ लाख पर्यटक भिœयाउने योजना साकार पर्न क्रमशः ३०, ४० प्रतिशतले वृद्धि गर्दै लैजान आवश्यक रहेको जोशीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.