अब्बल इन्जिनियर बन्न के गर्ने ?

अब्बल इन्जिनियर बन्न के गर्ने ?

हरेक व्यक्ति आफ्नो पढाइ पूरा गरेपछि कुनै पेसा, व्यवसायमा लाग्ने ध्याउन्नमा हुन्छन्। कोही काम हात पारेपछि निष्क्रिय प्रायः हुन्छन् त कोही आफ्नो क्षेत्रमा कसरी अब्बल हुने भनेर मरिमेट्छन्। तिनै ऊर्जाशील व्यक्ति नै भविष्यमा सफल र सबल भएका उदाहरण भेटिन्छन्।

समय र प्रविधिले फड्को मारेसँगै देशमा इन्जिनियरिङ विषयको पढाइ केही सहज बन्दै गएको छ। यति मात्र होइन, राजनीतिक स्थिरतासँगै पढाइ पूरा गरेकालाई सम्भावनाका ढोका पनि उघ्रिँदै छन्। यहाँ सफल इन्जिनियर बन्न केही टिप्स दिइएको छ।

१) जिज्ञासु बन्नुस्

यदि तपाईं आफ्नो क्षेत्रमा विशेष बन्न चाहनुहुन्छ भने सीमित र सतही ज्ञानले मात्र पुग्दैन। सूक्ष्म अध्ययन गर्ने बानी बसाल्न आवश्यक छ। अन्य क्षेत्र र विषयको पनि ज्ञान आवश्यक हुन्छ।

२) तार्किक क्षमता

सफल इन्जिनियर बन्न हरेक विषयमा तार्किक क्षमता आवश्यक छ। यसका लागि ध्यानपूर्वक सुन्ने र आफ्ना धारणा राख्ने बानी बसाल्नुपर्छ।

३) सञ्चार सीप

हरेक क्षेत्रमा सञ्चार गर्न सक्ने कला आवश्यक हुँदै गएको छ। इन्जिनियरले पनि आफ्ना ग्राहक र कामदारको मन जित्न कोसिस गर्नुपर्छ। यसका लागि भाषा र वाककौशल पनि आवश्यक हुन्छ। आपसमा सञ्चार भएन भने कुनै पनि क्षेत्रमा सफलता हात पार्न गाह्रो हुन्छ।

४) ध्यानपूर्वक सुन्ने गर्नुहोस्

कुनै पनि कामको योजना निर्माणदेखि सम्पन्न नहुन्जेलसम्म ध्यानपूर्वक हेर्ने, सुन्ने र मनन् गर्ने बानी बसाल्नुपर्छ। यसले निर्धारित कामको समयावधि र गुणमा समेत मद्दत पुग्छ।

५) रचनात्मक बन्नुहोस्

कुनै पनि पेसा र व्यवसायमा फरकपन दिन रचनात्मक र सिर्जनशील बन्नैपर्छ। काममा मौलिकता भएन भने नयाँपन आउँदैन। काममा नयाँ स्वाद हुँदैन।

६) समूह सञ्चालनमा निपुर्ण

एक कुशल इन्जिनियरमा आफ्नो समूह सञ्चालन गर्ने कौशल आवश्यक हुन्छ। समूहमा तल्लो तहदेखि माथिल्लो तहका सहकर्मीको भावना र विचार सुन्ने अनि बुझ्ने बानी गर्नुपर्छ।

७) गणितीय कौशल

कुनै पनि समस्यालाई तत्कालै समाधान गर्न सक्ने गुण र क्षमता एक दक्ष इन्जिनियरमा आवश्यक हुन्छ। हिसाबसम्बन्धी समस्या समाधान गर्ने मात्र नभएर म्याथम्याटिकल माइन्डको हुन जरुरी छ।

८) समस्या समाधान गर्ने सीप

समस्याहरू आकस्मिक र स्वाभाविक हुन्छन्। जस्तोसुकै समस्या आइपरे पनि हताश हुनुहुँदैन। समस्यालाई सहज रूपमा निराकरण गर्ने बानीले जीवनभर सहज हुन्छ। यसो भयो भने आकस्मिक रूपमा घट्ने घटना र समस्याले कसैलाई पनि प्रभावित गर्न सक्दैन।

९) प्राविधिक ज्ञान

जुनसुकै क्षेत्रमा पनि प्रविधिसम्बन्धी ज्ञान अत्यावश्यक छ। त्यसमा पनि इन्जिनियररिङ विषय र त्यसको कार्यक्षेत्र प्रविधिभन्दा बाहिर असम्भवप्रायः छ। इन्जिनियर प्रविधिमैत्री मात्र भएर पुग्दैन, अत्यन्तै दक्ष बन्न आवश्यक देखिन्छ।

१०) निरन्तर सिकाइ

कोही पनि मानिस आफैं विज्ञ र दक्ष हुँदैन। यसका लागि लगाव, मेहनत, परि श्रम र निरन्तरको अभ्यास आवश्यक हुन्छ। सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो भन्ने कुरा एक कुशल इन्जिनियरले बुझ्न आवश्यक छ। सिकाइले नै मानिसलाई अनुसन्धान र विशेषज्ञतातर्फ धकेल्छ। हरेक कुरमा अपडेट बनाइराख्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.