‘सञ्चारमाध्यमको पछि लाग्दा एकतामा ढिलाइ’

‘सञ्चारमाध्यमको पछि लाग्दा एकतामा ढिलाइ’

बिर्तामोड : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेताहरूमा सिद्धान्त अध्ययन र पढ्ने कुराको विकास कम हुँदा पार्टी एकताको काम लम्बिएको बताएका छन्।सहिद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान दमकले बिर्तामोडमा आयोजना गरेको ‘पार्टी एकता र अबको समाजवाद’ विषयक गोष्ठीमा आइतबार नेता श्रेष्ठले यस्तो बताएका हुन्।

 ‘नेताहरू सञ्चारमाध्यमको हेडलाइन र सामाजिक सञ्जालमा आएका कुराको पछि दौडिएकाले पार्टी एकतामा ढिलाइ भएको हो’, माओवादी-एमाले एकता संयोजन समितिका सदस्य रहेका श्रेष्ठले भने। एकताका आधार के के हुन्, विश्वमा पार्टी एकता गर्दाका अनुभव के छन् भन्ने विषयभन्दा सामाजिक सञ्जालमा के कुरा आए र सञ्चारमाध्यमका हेडलाइन के छन् भन्नेमा ध्यान दिँदा एकताको आधार तय नभएको उनको भनाइ थियो।

‘अहिले दुई ठूला पार्टीबीच ऐतिहासिक एकता हुन लागेको छ। त्यसैले एकताका विषयमा बृहत् बहस र छलफल आवश्यक छ’, उनले भने, ‘हामी कसले के भन्यो भन्दा पनि पार्टी एकतापछिको कार्यदिशा के हुन्छ भन्नेमा लाग्नुपर्छ।’

उनले हरेक कुरामा बहस आवश्यक रहेको उल्लेख गर्दै एकताका विषयमा लामो बहस हुनु सामान्य ठान्नुपर्ने बताए। दुई विचार बोकेका पार्टी एउटै धारमा हिँड्न लागेको र यसमा सबै नेताले मनमा लागेका कुरा पोख्न पाउँदा नै एकताको आधार तयार हुने उनको भनाइ थियो।

उनका अनुसार सोमबार पुनः बस्ने एकता संयोजन समितिको बैठकले महत्र्वपूर्ण निर्णय लिनेछ। एमाले र माओवादीबीच पार्टी एकतामा निर्वाचन चिह्न र संख्याले कुनै समस्या नगर्ने पनि उनले बताए।

एमाले सचिव तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकता हुनेमा दुईमत नरहेको उल्लेख गर्दै एमाले एकता गर्न जस्तोसुकै अवस्थामा पनि लचक बनेको बताए। ‘हामी एकताका विषयमा यतिसम्म पनि लचक छौं कि योभन्दा लचक हुने बिन्दु छैन’, उनले भने।

उनले एमालेभित्रको तह र ‘पोजिसन’ले पार्टी एकताका विषयमा केही फरक नपार्ने बताए। उनले पाटी एकता हुँदैन कि भन्ने शंका नराख्न कार्यकर्तालाई आग्रहसमेत गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.