हेटौंडामा नेपाल आइडल-२ खोजिँदै

हेटौंडामा नेपाल आइडल-२ खोजिँदै

हेटौडा: दोलखाकी सरस्वती पाख्रिन सोमबार बिहान ६ बजेदेखि नै सिद्धार्थ माविको प्रवेशद्वारमा उभिरहेकी थिइन्। नेपाल आइडल सिजन-२ को हेटौंडा अडिसनमा सहभागी हुन आइतबार बेलुकी हेटौंडा अइपुगेकी हुन्। उनी अडिसनमा प्रस्तुती दिन निक्कै उत्साहित छिन् । 

'म निक्कै उत्साहित छु, कहाँसम्म पुगिन्छ', उनले भनिन्, 'नेपाल आइडल मेरो सपना हो ।' उनीजस्तै निजगढकी नितेश रिजाल पनि निक्कै उत्साहित थिए । बिहान ६ बजेदेखि लाइन बसेका उनीजस्तै करिब चारसय सहभागी आफ्नो प्रस्तुति दिन प्रतिक्षामा थिए । जब साढे १० बजे सिद्धार्थ माविको गेट खुल्यो,हेटौंडा अडिसनका सबै सहभागीको नेपाल आइडल बन्ने सपनाको ढोका खुल्यो ।
 

प्री अडिसनमा सहभागी हुँदै गरेकी चन्द्रनिगाहपुर रौतहटकी विष्णु आचार्यले नेपाल आइडलले धेरै प्रतिभालाई प्रस्फुटन हुने मौका दिएको बताइन् । 'नेपालमा धेरै गायन प्रतियोगिताहरु भए तर नेपाल आइडलजस्तो दमदार प्रतियोगिता भएको छैन', उनले भनिन्, 'सबै पहिलो हुँदैन तर सहभागी हुन पाउनु नै मेरो लागि खुशीको कुरा हो ।'

सोमबार प्री अडिसनबाट छनिएका प्रतियोगिको सोमबार अडिनसमार्फत् काठमाडौं अडिसनको लागि छनौट हुनेछन् । आज हुने अडिसनमा निर्णायकहरु न्हू बज्राचार्य, कालिप्रसाद रिजाल र इन्दिरा जाशीले प्रतियोगि छनौट गर्नेछन् । हेटौंडा अडिसनबाट निकै उत्साहित भएको नेपाल आईडल सिजन-२ का कार्यक्रम संयोजक सुरेश पौडेलले बताए । 'हेटौंडाको सहभागि र प्रतिभा देखेर हामी निक्कै उत्साहित भएका छौं', उनले भने, 'आइडलनमा हेटौंडाको राम्रो उपस्थिती देखिएको छ।'
 
आइडलमा सहभागी हुन मकवानपुरसहित सिन्धुली, सर्लाही, चितवनलगायतका क्षेत्रबाट समेत सहभागी आएका छन् । यस अघि भैरहवा, धनगढी र वीरगञ्जमा अडिसन सम्पन्न भइसकेको छ । अडिसन एपीवान टेलिभिजनबाट प्रशारण गरिनेछ  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.