लुक्लामा दुर्घटनाबाट जोगियो समिट एयरको प्लेन
काठमाडौँ: लुक्ला विमानस्थलमा अवतरणका क्रममा एउटा जहाज दुर्घटनाबाट जोगिएको छ । समिट एयरको जहाज अवतरणका क्रममा सोमबार दुर्घटनाबाट जोगिएको हो । अवतरणका क्रममा रन वेमा रहेको जहाजमा समस्या देखिएको लुक्ला विमानस्थल प्रशासनले जनाएको छ ।
रन वेको केही मिटर दूरी छिचोलेपछि जहाजको टायर लक भएको थियो । टायर लक भएपछि जहाज रनवेमै अड्किएको थियो ।
प्राविधिक समस्या देखिएको जहाजलाई पाइलटले पार्किङस्थलमा लगेका थिए । यसबारेमा समिट एयरले केही बोलेको छैन । अवतरणका क्रममा प्राविधिक समस्या आए पनि दुर्घटना टरेको विमानस्थल सुरक्षा प्रशासनले जनाएको छ ।