देउवाको घोषणाः ओलीको राष्ट्रवाद दिल्लीमा पुगेपछि लम्पासारवाद

देउवाको घोषणाः ओलीको राष्ट्रवाद दिल्लीमा पुगेपछि लम्पासारवाद

कृष्ण सारु मगर

हेटौंडाः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पासरवादीको आरोप लगाएका छन् ।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा सोमबार हेटौंडामा भएको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले ओलीको राष्ट्रवाद भारतमा पुगेर लम्पासरवादमा परिणत भएको दावी गरे । ‘ओली कहिले राष्ट्रवादी थिएनन् । उनको राष्ट्रवाद अहिले भारत पुगेर लम्पसारवादमा पुगेर टुंगिएको छ’, देउवाले भने ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रति खनिएका देउवाले प्रश्न गर्दै भने, ‘लम्पसरावादलाई राष्ट्रवाद भन्ने ?’ उनले कांग्रेसमात्र राष्ट्रवादी पार्टी भएको दावी गरे । ‘हिमाल, पहाड र मधेशलाई मिलाएर अगाडि बढ्न सक्ने भनेको कांग्रेस हो । देशलाई एकताको सुत्रमा बाँध्ने पार्टी भनेकै कांग्रेस हो । त्यसकारण राष्ट्रिय एकता नै राष्ट्रवाद हो भनेर बुझ्न जरुरी रहेको छ’, देउवाले भने ।

उनले कांग्रेस अन्तरघात र बाम गठबन्धनको कारण दोस्रो पार्टी भएको दावी गरे । ‘हारको पहिलो कारण भनेको अन्तरघात हो । हामीले खुलेआम टिकट नपाएपछि अन्तरघात गरेर अघि बढ्दा यस्तो अवस्था सिर्जना भयो । नत्र हामी अझै २० सिट जित्न सक्थ्यौं’, उनले पार्टीभित्र अनुशासन कायम गरेर अगाडि नबढेसम्म पार्टीले बहुमत ल्याउन नसक्ने दावी गरे ।

‘निर्वाचनमा सवैले टिकट पाउँदैनन् । टिक पाउनेलाई जिताउन लाग्न छाडेर अन्तरघात गर्ने प्रवृत्ति कांग्रेसमा नहटेसम्म बहुमत ल्याउन गाह्रो हुन्छ । पार्टीमा अनुशासन कायम गर्दै अन्तरघातीलाई कारबाही गरेर म कुनै पनि हालतमा पार्टीलाई बहुमतमा ल्याएर छाड्नेछु’, देउवाले भने ।

‘दुई पार्टी मिलेपछि केही सिटमा कमी भएको हो । केन्द्रीय कार्यसमितिमा छलफल भइरहेको छ । संविधान कार्यान्वयन नभएको भए जेपनि हुन सक्थ्यो । त्यसकारण निर्वाचनमा जानुको विकल्प थिएन’, उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन कांग्रेसकै काँधमा रहेको बताए । देउवाले इतिहासमा धेरैपटक कांग्रेसलाई सिध्याउन खोजेपनि असफल भएको बताउँदै कांग्रेस ठूलो पार्टी हुने बताए । आगामी निर्वाचनको तयारीमा अहिले देखि नै तरुण दललाई क्रियाशील भएर लाग्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.