ट्रिपरले किच्दा एकको मृत्यु, एक घाइते

ट्रिपरले किच्दा एकको मृत्यु, एक घाइते

नुवाकोट :  नुवाकोटको देवीघाट–गल्छी सडकमार्गको वीचमा रहेको कोल्पुटारमा मंगलवार गुडिरहेको ट्रिपरले ठक्कर दिँदा  एक युवकको घटनास्थलमै ज्यान गएको छ  भने एक जना घाइते भएका छन् ।

 गल्छीबाट देवीघाटतर्फ जांदै गरेको  बा २ क ४००८ नम्बरको  ट्रिपरले  सोही  दिशाबाट  आइरहेको  बा ८६ प ९५२० नम्बरको  मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकलका चालक धादिङको गल्छी गाउपालिका वडा नं. १ वस्ने ५० वर्षीय हरि खतिवडाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

  दुर्घटनामा मोटरसाइकलको पछाडि सोही स्थानका ४७ वर्षीय नवराज ओझा घाइते भई उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी  प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले वताए । शव घटनास्थलमै रहेको छ भने चालक फरार रहेका छन् । प्रहरीले ट्रिपर र मोटरसाइकल  नियन्त्रणमा लिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.