‘प्रदेश तीनको राजधानी हेटौँडाबाट सार्ने कुरै हुँदैन’

‘प्रदेश तीनको राजधानी हेटौँडाबाट सार्ने कुरै हुँदैन’

हेटौँडाः नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हुने बताएका छन् । ३ प्रदेशको राजधानी हेटौँडा कायम गर्न मागसहितको ज्ञापनपत्र बुझाउन पुगेको दलको टोलीलाई उनले राजधानी हेटौंडा नै रहने विश्वास दिलाए ।

‘म प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी मुकाम हेटौँडालाई तोकेको हो’, मंगलबार हेटौंडामा ज्ञापनपत्र बुझ्दै उनले भने, ‘अब यसलाई अन्त्रय सार्ने कुरै अउँदैन ।’ नेपाली कांग्रेस यसबारे सकारात्मक रहेको भन्दै देउवाले अन्य दलका शीर्ष नेतृत्वसँग पनि पहल थाल्न दलका स्थानीय नेतालाई सुझाव दिए । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देउवालाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउन मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल लगायतको टोली पुगेको थियो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको सन्दर्भमा सभापति देउवा हेटौंडा आएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.