पूर्वसांसद पासवान पक्राउ

पूर्वसांसद पासवान पक्राउ

विराटनगर : पूर्व सांसद बाबुलाल पासवान पक्राउ परेका छन् । पासवानलाई मोरङ प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको एसपी अरुणकुमार बिसीले जानकारी दिए । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको विषयमा बुझ्न भन्दै उनलाई पक्राउ गरिएको जनाइए पनि प्रहरीले यस विषयमा थप खुलाएको छैन । एसपी बिसीले भने, ‘पूर्वसांसद पक्राउ पर्नु भएको हो । थप अनुसन्धान गर्दैछौं ।’

सोमबार साँझ विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालयमा बम विस्फोट भएको थियो । यसैगरी पूर्वपश्चिम राजमार्गको गछिया सडक खण्डमा शंकास्पद वस्तु फेला परेको थियो । दुबै घटनापछि प्रहरीले मोरङमा सुरक्षा सतर्कता बढाएको छ । 

मंगलबार बसेको प्रदेश १ को बैठकमा दूतावासको सम्पर्क कार्यालयमा भएको बम विस्फोटको घटनाबारे सांसदले जवाफ माग गरेका थिए । कांग्रेसका सचेतक केदार कार्कीले सुरक्षा व्यवस्था फितलो भएको भन्दै विराटनगरमा बम र गोलीकान्ड बढ्दै जानु चिन्ताको विषय भएको बताए । 

‘सुरक्षाको सम्पूर्ण व्यवस्था प्रदेश सरकारले मिलाउनु पर्छ’, उनले  भने । गत चैत २५ राति धर्मगुरु श्रीनिवासमाथि विराटनगरमा गोली लागेको थियो । सांसदले यो घटनाको समेत छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । 

सांसदले उठाएको जिज्ञासाको जवाफ दिंदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले श्रीनिवासथि गोली प्रहार गरेको घटनामा पाँचजना पक्राउ परेको र थप अनुसन्धान भई रहेको बताए । उनले दूतावासमा भएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको सदनलाई जानकारी गराए ।

संघीय फोरमका सांसद जयराम यादवले दूतावास परिसरमा बम विस्फोट हुँदा  कूटनीतिक रुपमा राम्रो सन्देश नजाने बरु देशको बद्नामी हुने भन्दै कारबाहीका लागि माग गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.