प्रधानमन्त्रीको अभियानमा उच्च अधिकारीले ६ लाख सहयोग गर्दै

प्रधानमन्त्रीको अभियानमा उच्च अधिकारीले ६ लाख सहयोग गर्दै

काठमाडौं : बिपन्नताका कारण विद्यालयमा पढ्ने अवसर नपाएका बालबालिकालाई विद्यालयमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानलाई सघाउन सरकारका सचिव, सहसचिव र उपसचिवले आर्थिक सहयोग गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र शिक्षा मन्त्रालयको संयुक्त पहलमा सबै मन्त्रालय, केन्द्रीय निकाय तथा काठमाडौं उपत्यकाका सरकारी कार्यालयमा रहेका सचिव, सहसचिव र उपसचिव स्तरका कर्मचारीले विपन्न बालबालिकालाई विद्यालयमा ल्याउने कार्यमा सहयोग गर्न आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्। 

प्रधानमन्त्री कार्यालयका सहसचिव डा.नारायण रेग्मीका अनुसार आर्थिक सहयोग स्वरुप सचिवले दुई हजार, सहसचिवले एक हजार र उपसचिवले पाँच सय प्रदान गर्ने छन्। 

आर्थिक सहयोगबाट झण्डै ६ लाख रुपैयाँ संकलन हुने र सो रकम काठमाडौ, सिन्धुपाल्चोक र दोलखाका विपन्न बालबालिकाकाई प्रदान गरिने तयारी गरिएको सहसचिव रेग्मीले बताए।

सरकारी अधिकारीबाट संकलन भएको ६ लाख रुपैयाँले गरिब विद्यार्थीलाई झोला, सर्ट प्वाइन्ट, मोझा, जुत्ता, तथा अन्य पाठ्य सामाग्री समेत उपलब्ध गराइने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.