सार्वजनिक यातायातबाट एकैदिन १४ बालकको उद्धार

सार्वजनिक यातायातबाट एकैदिन १४ बालकको उद्धार

काठमाडौं : उपत्यकाका विभिन्न रुटमा सञ्चालित सार्वजनिक सवारी साधनमा सह–चालकका रुपमा कार्यरत १६ वर्ष मुनिका १४ जना बालकलाई बुधबार उद्दार गरिएको छ । केन्द्रीय बालकल्याण समिति र श्रम कार्यालय बागमतिले बुधबारदेखि सुरु गरेको अभियानको पहिलो दिन ती बालबालिकालाई उद्धार गरी उनीहरूको संरक्षण तथा उचित व्यवस्थापनका लागि बालबालिका खोजतलास समन्वय केन्द्रमा बुझाएको छ ।

बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायतका साधनलाई बाल श्रमरहित बनाउने उद्देश्यले सुुरु गरिएको अभियानको थालनी पुरानो बसपार्कबाट गरिएको छ ।

अभियानअन्र्तगत पहिलो दिन उपत्यकामा चल्ने एक सय ८४ वटा गाडीको अनुगमन गरी ती बालबालिकालाई उद्धार गरिएको हो । सार्वजनिक यातायातमा बाल श्रम प्रयोग गर्नु हुँदैन भन्ने सचेतना जगाउने उद्देश्यले ती गाडीमा स्टिकर समेत टाँसिएको श्रम कार्यालय बागमतीका प्रमुख उदयकुमार गुप्ताले बताए ।

उद्धार गरिएका ती बालबालिकालाई ‘१०४’ ले भ्वाइस अफ चिल्ड्रेन नामक संस्थामा आ श्रयका लागि पठाएको छ । बालबालिकाका अभिभावक लिन आएमा पारिवारिक पुर्नस्थापना गरिने र नआए सरकारले नै विभिन्न संस्थामा राखेर पालनपोषण र शिक्षाको ब्यवस्था गर्ने प्रमुख गुप्ताले बताए ।

केन्द्रीय बालकल्याण समितिको अध्ययनमा काठमाडौंमा सञ्चालित विभिन्न सार्वजनिक यातायात साधनमा पाँच सयभन्दा बढी बालक परिचालकका रुपमा कार्यरत छन् । बाल श्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन भन्ने ब्यवस्था छ ।

बालबालिकालाई श्रममा लगाए एक वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने ब्यवस्था छ । पहिलो दिन अनुगमनमा परेका सार्वजनिक साधनका चालकलाई पत्रसहित श्रम कार्यालयमा उपस्थित हुन पत्र काटिएको जानकारी प्रमुख यादवले दिए ।

चार दिनसम्म जारी रहने अभियानको दोस्रो दिन कोटेश्वर, तेस्रो दिन लगनखेल र चौथो दिन स्वयंभुमा संचालन गरिने भएको छ ।

सार्वजनिक यातायात क्षेत्रलाई बाल श्रममुक्त बनाउने उद्देश्यले अभियान सुरु गरिएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए ।

सवारी तथा यातायात ब्यवस्था ऐनमा १८ वर्ष उमेर पुगेका युवाले मात्रै परिचालक हुन पाउने र त्यसका लागि पनि अनुमति लिनुपर्ने भन्ने ब्यवस्था रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.