राष्ट्रिय खेलाडी चोरीको आरोपमा पक्राउ

राष्ट्रिय खेलाडी चोरीको आरोपमा पक्राउ

काठमाडौ‌   : ‘ए डिभिजन’  खेल्ने राष्ट्रिय  फुलबल खेलाडी   २५ वर्षीय  दिपेश श्रेष्ठ चोरी आरोपमा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले काठमाडौं–६ रेम्बोडाँडाबाट राष्ट्रिय खेलाडी श्रेष्ठसहित दुईजनालाई चोरीको आरोपमा  पक्राउ गरेको हो।

श्रेष्ठसँगै बुढानिलकण्ठ– ११ का २२ वर्षीय  सुवास खड्का पनि पक्राउ परेका छन्।  प्रहरीले उनीहरुका  साथबाट चोरीको ३३ थान मोबाइल,२ थान आईफोन प्याड, २ थान पावर बैक, ५ थान ल्यापटप लगायतका विद्युतीय समाग्रीकासाथै ४३ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद  गरेको छ।

उनीहरुले ती सामान  अनलाइन र फेसबुकमार्फत बिक्री गर्दैै आएको प्रहरीको दाबी छ। दिपेश सरस्वती क्लबका पूर्व कप्तान हुन भने उनले नेपाल पुलिस ,  संकटा , हिमालयन शेर्पालगायत क्लबबाट  खेलिसकेका छन् । उनले भारतमा फुटबल कोचको रुपमा समेत काम गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.