मनोजको संगठित अपराध प्रकरण : चार सय उद्योगी फिरौतीको सूचीमा

मनोजको संगठित अपराध प्रकरण : चार सय उद्योगी फिरौतीको सूचीमा

बुटवल : गुण्डा नाइके मनोज पुनले करिब चार सय उद्योगी व्यवसायीलाई फिरौतीका लागि सूचिकृत गरेको भेटिएको छ। प्रहरी अनुसन्धानका क्रममा सहयोगीहरु पक्राउ पर्दै गर्दा नयाँ रहस्य समेत खुल्दै गएका हुन्।

प्रहरीले प्राप्त गरेको डायरीमा करिव चार सय जना उद्योगी व्यवसायीको नाम नम्बर उल्लेख गरिएको छ। यी व्यक्तिसँग नियमित सम्पर्क गरी धम्कीपूर्ण रुपमा फिरौती माग्ने र पैसा असुली गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

‘करिव चार सय नाम छन्, उनीहरु कतिसँग मागेको थियो भन्ने खुलेको छैन, रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले भने–‘मनोजको अपराधले धेरै व्यक्ति पीडित थिए भन्ने पुष्टि पनि भएको छ।’ पूर्वको इलामदेखि पश्चिमको अत्तेरियासम्मका उद्योगी व्यवसायीको नाम डायरीमा रहेको उनले बताए।

पैसावाल व्यक्तिको नामावली संकलनमा बुटवल तथा देवदहका व्यक्तिहरुले सहयोग गरेको प्रहरीले जनाएको छ। त्यही आरोपमा बुधबार राति काठमाण्डौंबाट एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज सुजु मल्ललाई पक्राउ गरेको छ।

बुधबार दिउँसोमात्रै घटनामा सघाउने पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको थियो। त्यसमा माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र एमाले कार्यकर्ता उत्तम आचार्य छन्। रुपन्देहीका दुई व्यवसायी दुर्गा तिवारी र बसन्त पौडेलको एक वर्षका अन्तरमा हत्या गरेपछि फिरौती असुलीको गिरोह सक्रिय भएको प्रहरी प्रमुख ज्ञवालीले बताए।

देवदहकै स्थायीबासी मुख्य योजनाकार मनोज पुनलाई हत्या गर्नुपर्ने व्यक्तिको नाम दिने, व्यवसायीको परिचय दिने र फिरौती रकम असुल्ने काममा दर्जनौ व्यक्तिहरुले सहयोग गरेको प्रहरीले जनाएको छ। ती व्यक्तिहरु प्रतिष्ठित समेत रहेको अनुसन्धानले देखाएको छ।
‘हामीले प्रमाणका आधारमा पक्राउ गरिराखेका छौं, उनले भने–‘संगठित अपराधमा  सघाउने जोकोहीले पनि उन्मुक्ति पाउने छैनन्।’ प्रहरीले घटनाको हरेक कोणबाट अनुसन्धान गरिरहेको उनले बताए।

भारतमा बसेर टेलिफोन गरेर धम्काउने काममा मनोज सक्रिय देखिए पनि उसलाई सिकाउने र उस्काउने व्यक्तिहरु नेपालमै रहेको प्रमाणित हुँदै गएको छ। गत फागुनमा मनोज इन्काउन्टरमा मारिएपछि प्रहरीले उसको पछाडि रहेको शक्तिलाई खोजिरहेको थियो।

मनोजसहितको संगठित गिरोहले करोडौं रकम उठाएको प्रहरीले अनुमान गरेको छ। त्यो रकम कस्ले कहाँ प्रयोग गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको हो। ‘प्रहरीलाई चन्दा दिने उद्योगी व्यवसायीले सहयोग गर्नुभएको छैन, तै पनि हामी अनुसन्धान गरे नतिजा निकाल्छौं’ उनले भने।

कतिपय व्यक्तिले ‘कालो धनलाई सेतो’ बनाउन मनोजको साहरा लिएको प्रहरीले जनाएको छ। यो घटनाको अनुसन्धानमा अन्य अपराधहरु समेत जोडिदै गएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.