एकैस्थानमा दुई शव फेला

एकैस्थानमा दुई शव फेला

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका वडा नं. ७ तुप्चेस्थित त्रिशूली जलविद्युत गृहको मुख्यगेटमा दुई दिनको बीचमा दुई जनाको शव फेला परेको छ। जलविद्युत गृहका लागि पानी ल्याइएको मुख्य बाँधमा सफा गर्ने क्रममा एक पुरुष र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

सदरुमकाम विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको किस्पाङ गाउँपालिका वडा नं. २ फिकुरीकी ४५ वर्षीया बिनाकुमारी ढुंङ्गेलको शव उनी हराएको एक महिनापछि थत त्रिशूली जलविद्युत गृहको मुख्यगेटमा रहेको बाँधमा फेला परेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले बताए। 

ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएपछि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको कुंवरले जानकारी दिए।

ढुंगेल गत चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो। सोह स्थानमा एक दिन अगाडि एक युवकको शव फेला परेको थियो। 
मंगोलियन प्रकृतिका ती युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुवैको मृत्युको कारण खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, जिल्ला अदालतले दोषी ठहर गरि फरार रहेका नुवाकोटका दुई जनालाई पक्राउ गरी प्रहरीले कारागार चलान गरेको छ। सुर्यगढी गापा वडा नं. १ का २३ वर्षिय बिशाल तामाङलाई जिल्ला अदालतबाट चोरी मुद्धामा २०७२ साल भदौ २८ गते सात हजार ६ सय ४० रुपैया जरिवाना तथा १ महिना १५ दिन कैद  सजाय भएकोमा उनलाई पक्राउ गरी कैद सजाय भुक्तानको लागि कारागार कार्यालय नुवाकोटमा पठाएको प्रहरी उपरीक्षक बसन्तवहादुर कुंवरले बताए। 

यस्तै, सुर्यगढी गाउँपालिका वडा नं. १ का २२ वर्षिय यमराज तामाङलाई जिल्ला अदालतबाट चोरी मुद्धामा गत २०७२ साल भदौ २८ गते २ हजार एकसय रुपैँया जरिवाना तथा  १ महिना १५ दिन कैद  सजाय भएकोमा उनलाई पनि पक्राउ गरी कैद सजाय भुक्तानको लागि कारागार कार्यालय नुवाकोटमा पठाइएको कुंवरले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.