दुई लाख ७५ हजारसहित तीन पकेटमार पक्राउ
घोराही : दाङमा ३ जना पकेटमार पक्राउ परेका छन् । घोराही नयाँ बसपार्कबाट प्रहरीले ३ जना पकेटमारलाई २ लाख ७५ हजार रुपैयाँसहित पक्राउ हो । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा दुई व्यक्तिको पकेट काटेर लुटेको २ लाख ७५ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रोल्पा लिवाङ नगरपालिका –६ कोटगाउँ निवासी पूर्णबहादुर घर्तीमगरको साथबाट पकेट काटेर लुटिएको १ लाख ७५ हजार र रोल्पा–परिवर्तन गाउँपालिका –६ कर्तम निवासी किरतबहादुर पुनमगरको एक लाख रुपैयाँ लुटेका अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका –७ झुमरीयाका ३५ वर्षीय बिक्रम नेपाली, ३४ वर्षीय राजकुमार नेपाली र ३३ वर्षीय यज्ञबहादुर नेपाली रहेका छन् । उनीहरुले यात्रु बसमा चढ्दै गर्दा पकेटलाई ब्लेडले काटेर पैसा चोर्ने गरेको अनुसन्धानमा खुलेको नयाँ बसपार्क प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरीक्षक मानबहादुर महराले जानकारी दिए ।
यज्ञराजलाई बसपार्क नजिकैबाट, विक्रम र राजकुमारलाई सौडिकुलाबाट पक्राउ गरिएको उनले बताए । लुटिने व्यक्ति दुवै भुतपूर्व भारतीय सैनिक हुन् । घोराहीको चौघेरामा पेन्सन बुझेर घर फर्कदै गर्दा पकेटमारले उनीहरुको रकम लुटेका थिए । घटनामा संलग्न अन्य दुई जना गणेश भण्डारी र स्याने नेपालीे फरार रहेको प्रहरीले बताएको छ ।