धावनमार्गबाट चिप्लिएको मलेसियाको जहाज हटाउन तीन घण्टा लाग्ने

धावनमार्गबाट चिप्लिएको मलेसियाको जहाज हटाउन तीन घण्टा लाग्ने

काठमाडौं :  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति उडानका क्रममा धावनमार्गबाट  चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन अझै ३ घण्टा लाग्ने भएको छ । हाल जहाज हटाउने प्रयास जारी रहेको छ ।

 धावनमार्गबाट विमान हटाउन करीब तीन घण्टा लाग्ने र त्यसपछि मात्रै विमानको उडान र अवतरण सुचारु हुने  विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । 

काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो । 

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटनाबाट भने बच्यो 

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.