आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय अझै अनिश्चित

आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय अझै अनिश्चित

काठमाडौं :  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ ।  बिहीबार राति उडानका क्रममा धावनमार्गबाट  चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन नसकिएपनि दक्षिण क्षेत्रबाट आन्तरिक उडान सुरु भएको हो । 

विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले धावनमार्गबाट विमान हटाउन अझै केही समय लाग्ने भएपनि उत्तरबाट बिहानदेखि आन्तरिक उडान सुरु गरिएको जानकारी दिए । हिजो रातिदेखि रोकिएको विमानस्थलबाट बिहान बुद्व एयरलाइन्सले काठमाडौं विराटनगर बुद्व उडान गरेको थियो । 

काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो । 

बिहीबार रातिदेखि राेकिएका अान्तरिक विमान उड्दै । तस्बिर : केदार गाैतम

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटनाबाट भने बच्यो ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।  घाँसेमैदानबाट विमान हटाउने प्रयास जारी रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.