प्रशिक्षक बन्दै शिक्षक

प्रशिक्षक बन्दै शिक्षक

तुलसीपुर : सधैं कक्षामा विद्यार्थीलाई मात्रै पढाउने शिक्षकले अब शैक्षिक गुणस्तर विकास गर्न शिक्षकलाई पनि पढाउने भएका छन् । दाङका १८ जना शिक्षकलाई प्रशिक्षकको रूपमा विकास गर्ने गरी शैक्षिक तालिम केन्द्रमार्फत प्रशिक्षक, प्रशिक्षण (टीओटी) तालिम दिएपछि उनीहरूले अब शिक्षकलाई बढाउने भएका हुन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धि कमजोर देखिन थालेपछि त्यसको सुधारका लागि नेपाल सरकारले शिक्षा मन्त्रालय, शिक्षा विभागले सञ्चालन गर्न लागेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत शिक्षकलाई प्रशिक्षक बनाउन लागिएको हो । पहिलो चरणमा दाङ र बाँकेका २८ जना माध्यमिक कक्षामा भाषा पढाउने शिक्षकलाई प्रशिक्षक बनाउन सातदिने तालिम दाङमा सुरु भएको छ ।

शैक्षिक तालिम केन्द्र तुलसीपुरका प्रमुख धनबहादुर ओलीका अनुसार प्रशिक्षक बनाएर पठाइएका शिक्षकले जिल्लाका हरेक विद्यालयमा दुई जना शिक्षकलाई सिकाइ सुधारका उपायसँगै तालिम प्रदान गर्ने र त्यसअनुसार कक्षाकोठा व्यवस्थान हुने जानकारी दिए । प्राथामिक तहमा अध्यापन गराउने शिक्षकलाई प्रशिक्षकले तालिम दिनेछन् । दाङका १८ जना माविका शिक्षक र स्रोत व्यक्ति र बर्दियाका १० जना मावि शिक्षक र स्रोत व्यक्ति पहिलो चरणमा प्रशिक्षक बन्दै छन् ।

यी प्रशिक्षकले दाङका ४ सय २० सामुदायिक विद्यालयका ८ सय ५० जना शिक्षकलाई तालिम दिने योजना रहेको तालिम केन्द्र प्रमुख ओलीले बताए । तालिममा सहभागी शिक्षकले कक्षामात्रै आफ्नो सिर्जनशीलता देखाउँदै आएको भए पनि अब अन्य शिक्षकलाई आफ्नो अनुभव र ज्ञान सिकाइ बाँड्ने अवसर मिलेको बताएका छन् ।

तालिमको संयोजक र व्यवस्थापन ईजीआरपी कार्यक्रमले गरेको छ । चालु शैक्षिक सत्रदेखि दाङका सबै सामुदायिक विद्यालयमा सघन रूपमा कार्यक्रम लागु भएपछि यो वर्ष तालिमलाई सुरुदेखि नै सञ्चालन गरेको ईजीआरपी कार्यक्रम संयोजक हल्लुप्रसाद चौधरीले जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.