यार्सा टिप्न लेक लागे विद्यार्थी

यार्सा टिप्न लेक लागे विद्यार्थी

बझाङ : वैशाख १ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भए पनि यार्सा टिप्ने सिजनका कारण अभियान प्रभावित बनेको छ । यस क्षेत्रका अधिकांश बालबालिका अभिभावकसँग यार्सा टिप्न हिमालतिर जाने भएकाले यो सिजनमा यहाँका विद्यालय सुनसान छन् ।

वैशाख, जेठ र असारमा यार्सा टिप्ने सिजन भएकाले यस क्षेत्रका विद्यार्थी असारपछि मात्र गाउँ फर्किने गरेका छन् । यार्सा टिप्न शिक्षक, अभिभावकसहित विद्यार्र्थीहरू चैत अन्तिम सातादेखि नै लेक लागेपछि भर्ना अभियान प्रभावित भएको हो ।

यार्साबाट मनग्गे आम्दानी हुने र एक सिजनमै लाखौँ रुपैयाँ कमाइ हुने हुँदा जिल्लाको उत्तरी क्षेत्रका काँडा, सुर्मा, लेखगाउँ र दहबगरका स्थानीय बर्सेनि परिवारसहित यार्सा टिप्न लेक लाग्ने गर्छन् । बर्सेनि सातदेखि १० हजार विद्यार्र्थी यार्सा टिप्न जाने गरेको बताइएको छ ।

बालबालिकाले बढी यार्सा सङ्कलन गर्न सक्ने भएकाले धेरैजसो अभिभावकले नौदस वर्षभन्दा बढी उमेरसमूहका छोराछोरी लिएर लेक जाने गर्छन् । यार्सा टिप्ने सिजनमा प्रायः विद्यालय बन्द गर्नुपर्ने अवस्था आउने गरेको साइपाल गाउँपालिकाका जसवीर बोहराले जानकारी दिए । एक सिजनामा कम्तीमा पनि एक परिवारले पाँचदेखि १५ लाख रुपैयाँसम्म कमाउने गरेको र बालबालिकाले बढी यार्सा खोज्न सक्ने भएकाले अभिभावकले आफ्ना सन्तानलाई साथ लैजाने गरेका हुन् ।

जिल्ला शिक्षा कार्यालयले वैशाख १ गतेदेखि भर्ना अभियानका लागि घरदैलोलगायत चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । तर बझाङको उत्तरी क्षेत्रका करिब ४५ वटा विद्यालयमा भने त्यसको प्र्रभाव परेको छैन । यहाँका स्थानीयको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको यार्सा टिप्न सातु, चामलसहित सबै लेकतिर लागेपछि गाउँ सुनसान बनेका छन् ।

सातदेखि १० हजार विद्यार्थी बर्सेनि यार्सा टिप्न लेक जाने गरेका छन् ।

फाट्टफुट्ट मात्र भर्ना गर्न आउने गरे पनि प्रायःजसो सबै लेकतिर लागिसकेकाले विद्यालय बन्द गरेको सुर्मा गाउँपालिकास्थित ईश्वर निमाविका शिक्षक ऐनबहादुर बोहराले बताए । जिल्लाको साइपाल गाउँपालिकाका पाँच, तलकोट गाउँपालिकाका दुई, सुर्मा गाउँपालिकाका १६, दुर्गाथली गाउँपालिकाका सात र बुंगल नगरपालि दहबगर क्षेत्रका १४ वटा विद्यालय असारसम्म पूर्ण रूपमा बन्द हुने गरेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ ।

बालबालिका अभिभावकसँग लेक लागेकाले यस पटकको भर्ना अभियान नभएको साइपाल गाउँपालिकास्थित तपोवन प्राविका प्रधानाध्यापक दीपक रोकायाले बताए । ‘यार्सा टिप्ने सिजनमा त्यस क्षेत्रका विद्यालय बन्द हुनु स्वाभाविक हो’, निमित्त जिल्ला शिक्षा अधिकारी सुरेन्द्र कठायतले भने, ‘यहाँ शिक्षाभन्दा यार्सा टिप्ने कुरा महŒव छ । यस्तो अवस्थामा कसरी भर्ना अभियान सञ्चालन गर्ने ? ’

प्रतिकिलो १५ देखि २० लाख रुपैयाँसम्ममा बिक्री हुने यार्सा बझाङबाट बर्सेनि करिब तीन क्विन्टल जति संकलन हुने गेको छ ।

०००

खानेकुरा र परिवारसहित यार्सा टिप्न लेकतिर जाँदै बझाङ सुर्मा दौलीचौरका स्थानीय । जगदीश रोकाया


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.