कांग्रेस बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

कांग्रेस  बैठक स्थगित, अर्को बैठक वैशाख ९ गते

काठमाडौं : नेपाली कांग्रेसको शुक्रबारका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार  बस्ने भनिएको बैठक अधिकांश नेता केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए  । 

अर्को बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि तोकिएको उनले जानकारी दिए ।   गत चैत ९ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीेका नेता खुमबहादुर खड्काको निधनमा स्थगित गरिएपछि  बैठक  वैशाख ७  गते  बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधले काठमाडौँ उपत्यका बाहिर  रहेका  नेताहरु आज राजधानी आउन नसकेपछि  बैठक स्थगित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा गएराति मालिन्दो एयरको विमान उडानका क्रममा चिप्लिएर धावनमार्गबाट बाहिर गएपछि विमानस्थल केही समयका लागि बन्द भएको थियो । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय सदस्यहरु पार्टीका विभिन्न कार्यक्रमका लागि उपत्यका बाहिर  छन्  । यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राखेका थिए  । 

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले नराम्र्रो हार व्यहोरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.