साढे आठ सय घरको बिमा

साढे आठ सय घरको बिमा

 चरिकोट : दोलखाका भूकम्प प्रभावितले साढे आठ सय घरको बिमा गरेको पाइएको छ । भूकम्पपछि सचेत बनेका दोलखाका प्रभावितले दुई वर्षको अवधिमा निर्जीवन बिमाअन्तर्गत करिब साढे आठ सय घरको बिमा गरेको पाइएको हो । दोलखामा क्रियाशील ६ वटा निर्जीवन बिमा कम्पनीमार्फत करिब सात अर्ब बराबरको साढे आठ सय घरको बिमा गरिएको ती कम्पनीले जानकारी दिए ।

दोलखामा निर्जीवन बिमासम्बन्धी कार्य गर्दै आएका सगरमाथा, प्रिमियर, लुम्बिनी, युनाइटेड, एनबी र प्रभु इन्सुरेन्स गरी ६ वटा बिमा कम्पनीले आठ सय ६४ वटा घरको बिमा गरेको जनाएका छन् । विशेष गरी निर्माणाधीन घरमा बैंकले कर्जा लगानी गर्दा कर्जा सुरक्षणका लागिसमेत बिमा गराउने गरेका कारण पनि बिमा गर्नेको संख्या बढेको सेवाग्राहीको भनाइ छ । घरको अधिकांश बिमा भूकम्प र आगलागी शीर्षकमा हुनुका साथै व्यापारिक र आवासीय गरी दुई प्रकारका घरको मात्र बिमा भएको कम्पनीले जनाएका छन् । जिल्लास्थित करिब दुई सय सरकारी भवनको भने कुनै पनि प्रकारको बिमा नभएको पाइएको छ ।

सगरमाथा इन्सुरेन्सले दुई अर्ब २० करोड बराबरको तीन सय २४ वटा, प्रिमियर इन्सुरेन्सले ८५ करोडको ८१ वटा, लुम्बिनीले दुई अर्ब बराबरको ७३ वटा, युनाइटेडले तीन अर्बको दुई सय ९० वटा, एनबीले ४० करोडको ५४ वटा र प्रभुले १४ करोडको ४२ वटा घरको बिमा गरेको जनाएका छन् ।

गत २०७२ को भूकम्पको कारण करिब ४५ हजार घर ध्वस्त भएको दोलखामा करिब दुई सय घरको मात्र बिमा भएको विभिन्न तथ्यांकले देखाएको थियो । बिमाबारे भूकम्पअघि चासो नै नराख्ने घरधनीले पछिल्लो समय घर बिमासम्बन्धी चेतना वृद्धिसँगै बिमा कार्यक्रममा आकर्षण बढेको पाइएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.