पढाई खर्च जुटाउन काफल बेच्दै बालबालिका

पढाई खर्च जुटाउन काफल बेच्दै बालबालिका

रिब्दीकोट(पाल्पा) :  पढाई खर्च जुटाउनका लागि रिब्दीकोट गाउँपालिका–३ मालमुल पाल्पाका बालवालिका काफल बेच्ने गरेका छन् । तम्घास–रिडी–पाल्पा–बुटवल सडक खण्डको मालमुल सडक छेउँमा बसेर उनीहरुले काफल बेच्ने गरेका हुन् । सडकमा ओहोरदोहोर गर्ने बस, जिप, मोटसाइकलका यात्रुहरुलाई उनीहरुले काफल किनिदिन आग्रह गर्ने गरेका छन् । ‘एक मानालाई पचास रुपैयाँमा बेच्छौँ’, १३ वर्षिय सुजन विकले भने,‘आठ कक्षामा पढ्छु । बिदामा घर आएर काफल बेच्ने गरेका छौँ ।’

साथी टिका विक र विजय विकसँगै काफल बेच्ने गरेको उनले जानकारी गराए । पोखरामा पढ्दै गरेको बताउँदै विकले वार्षिक परीक्षापछि घरविदामा आएको बताएका छन् । आठदश दिन घरमा बसेर पोखरा जाने उनको भनाई छ । बारीमा फलेको काफल टिपेर प्लाष्टिकमा लिएर सडकमा ओहोरदोहोर गर्ने यात्रुहरुलाई उनीहरुले बेच्ने गरेका हुन् । 

उनीहरुले दैनिक काफल बेचेरै कम्तीमा चार÷पाँचसय रुपैयाँ कमाउने गरेको सुनाए । ‘काफल बेच्न त्यति गाह्रो हुँदैन’, विजयले भने,‘बाटोमा आउँदाबित्तिकै बिक्री हुन्छ ।’ बोटमा चढेर टिप्न मात्र समस्या हुने गरेको उनको भनाई छ । बिहान टिपेको काफल दिउँसो नहुँदै सकिने गरेको समेत उनीहरुले बताएका छन् । ताजा हुने भएकाले पनि यात्रुहरुले उनीहरुले लिएको काफल सजिलैसँग खरिद गर्ने गरेका छन् । 

‘काफल बेचेर आएको पैसाले कापी, कलम किन्ने हो’,विकले भने,‘दुइचार हजार जम्मा हुन्छ होला ।’ यस क्षेत्रका धेरैजसो बालबालिका सिजनमा फलेको फल टिपेर पढाइ खर्चको जोहो गरेका छन् । गुराँसका फूल, काफल, मेवा, काक्रा, सुन्तला लगायत फलफूल बिक्री गरेर खर्च जुटाउने गरेको स्थानीय नागरिक समाजका अगुवाहरुले बताएका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.