ट्रक र हायस ठोक्किँदा दुईजनाको मृत्यु

ट्रक र हायस ठोक्किँदा दुईजनाको मृत्यु

दाङ : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारमा शनिबार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। यो घटनामा पाँच जना गम्भीर घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका-९ रिहारमा ट्रक र विङगर हाइस गाडी एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। 

घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ६१४ नम्वर विङगर र विपरित दिशाबाट आइरहेको ना ६ ख ६६४८ नम्बरको ट्रक ठोक्किँदा लमही-९ च्याउखोलाका २८ वर्षीय खडगबहादुर बुढा र  बर्दिया ठाकुरबाबा नगरपालिका-१ का २० वर्षीय विवेक थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। 

गम्भीर घाइते प्युठानका वर्ष २२ का सुस्मा केसी, लमही नगरपालिका ९ अमिलिया वस्ने वर्ष ३६ कि कमला विक, रोल्पा वस्ने वर्ष ३५ कि दिलकुमारी थापा र रोल्पा घर भएकी वर्ष ७४ की सरी पुन लमही अस्पतालमा सामन्य उपचारपछि थप उपचारको लागि जिल्लाबाहिर रिफर गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.