सामाजिक सुरक्षाभत्ता वितरणमा ढिलाइ

सामाजिक सुरक्षाभत्ता वितरणमा ढिलाइ

 बैतडी : स्थानीय सरकार गठन भएको १० महिना बितिसक्दा पनि बैतडीका स्थानीय तहले सामाजिक सुरक्षा भत्ता सहज ढंगले वितरण गर्न सकेका छैनन्।

केही स्थानीय तहले पहिलो चौमासिक, केहीले दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन्। दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाले भने साउनदेखिको सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन्।

सामाजिक सुरक्षा भत्ता वितरण गरेका स्थानीय तहले पनि पछि शोधभर्ना गरेर विकास बजेटबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्। अर्थ मन्त्रालयले आवश्यकताअनुसार सामाजिक सुरक्षा भत्ता रकम निकास नगरेपछि विकास बजेटबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्नुपरेको स्थानीय तहले जनाएका छन्।

असार १४ गतेको निर्वाचन हुँदा जिल्लाको सुर्नया–६ की ७२ वर्षीया बिजु अवस्थी लट्ठी टेकेर भोट हाल्न गएकी थिइन्। ‘हामीले पाउने भत्ता घरमै दिन्छौं भनेका थिए। भोट हाल्न गएँ। भोट हालेर फर्कंदा दमले सास फेर्न गाह्रो भएपछि स्वास्थ्यचौकीमा भर्ना भएँ। एकदिन स्वास्थ्यचौकीमै बिताएर घर फर्कें’, उनले भनिन्, ‘सामाजिक सुरक्षाभत्ता घरमै पु¥याउँछौं भन्नेहरू कता गए कता। ९ महिना बितिसक्दा पनि भत्ता पाएको छैन।’

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ का हरिसिंह ऐरी पनि सकी नसकी स्थानीय तह निर्वाचनमा भोट हालेको बताउँछन्। ‘पहिला गाविसबाट पाइने सामाजिक सुरक्षा भत्ता निर्वाचित जनप्रतिनिधिले घरमै दिन्छन् भन्ने आस थियो, ९ महिना बितिसकेको छ। सामाजिक सुरक्षाभत्ताको विषयमा केही थाहा भएको छैन’, ऐरीले भने।

उनले भने, ‘म क वर्गको अपांगता भएको व्यक्ति हुँ। सामाजिक सुरक्षा भत्ता मेरो जीवनको साहरा बनेको छ। तर, समयमा नपाउँदा मलाई धेरै गाह्रो भएको छ।’

सुर्नया गाउँपालिका–२ की माया विकले पनि स्थानीय तहमा जनप्रतिनिधि आए पनि उस्तै हालत रहेको दुखेसो गरिन्। ‘बरु पहिला समयमै काम हुन्थ्यो। सरकारले दिने भत्ता समयमै पाउँथ्यौं’, उनले भनिन्।

समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा अहिले जिल्लाका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित र एकल महिला निरास बनेका छन्।

‘सामाजिक सुरक्षा भत्ताबापत रकम अपुग भएकाले वितरण गर्न सकिएन। पहिला तथ्यांक अद्यावधिक नहुँदा समस्या भयो। अर्थ मन्त्रालयले फागुनमै निकासा दिन्छु भनेको हो। अहिलेसम्म दिएको छैन। निकासा हुनेबित्तिकै सामाजिक सुरक्षाभत्ता वितरण गर्छौं’, सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले भने।

‘सामाजिक सुरक्षा भत्ताका विषयमा हामीसँग पनि धेरै गुनासो आएको छ। तर, बजेट अभावमा वितरण गर्न सकेका छैनौं। हामीलाई आवश्यताअनुसार रकम नै निकासा भएको छैन’, उनले भने।

सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक समयमै अद्यावधिक गर्न नसक्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ।

साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षाभत्ता पाउने तथ्यांक अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले बताए।

‘अर्थ मन्त्रालयबाट रकम निकासा नहुँदा सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनौं’, गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने।

सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो बढेपछि शिवनाथ गाउँपालिकाले विकास बजेटबाट पहिलो चौमासिकको भत्ता वितरण गरेको थियो।

मन्त्रालयबाट रकम निकासा नहुँदा विकास निर्माणका काममा बाधा पुगेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए।

यस्तै, मेलौली नगरपालिकाले पनि सामाजिक सुरक्षाभत्ता अपुग भएपछि विकास बजेटबाट दुई चौमासिकको भत्ता वितरण गरेको छ।

जिल्लाको दुर्गम गाउँपालिका सिगासले भने निकासा भएको सामाजिक सुरक्षा भत्ताको दोस्रो चौमासिकको रकम वितरण गर्न सकेको छैन।

गाउँपालिकाका ९ वटा वडामध्ये २ वडामा मात्रै सचिव रहेकाले कर्मचारी अभावमा भत्ता वितरणमा समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश भट्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.